गच्छदारको अपराजित यात्रा, सुनसरी ३ मा ३२१ मतले विजयी
सुनसरी क्षेत्र नम्बर ३ बाट अन्ततः नेपाली कांग्रेसका बिजयकुमार गच्छदार झिनो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । सुरुदेखि नै कायम रहेको एमालेकी भगवती चौधरीको अग्रता तोड्दै गच्छदारले ३२१ मतको अन्तरमा जित निकालेका हुन् ।
गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरी बिजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धीमा रहेकी एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् ।
भगवती चौधरीको यो दोस्रो दुर्भाग्य हो । यसअघि २०७० को संविधानसभा निर्वाचनमा पनि चौधरी गच्छदारसँगै डेढ सय मतान्तरमा पराजित भएकी थिइन् ।
यसपटक मतगणनामा आफूले अग्रता लिइरहँदा गच्छदारले प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतसँग सेटिङ मिलाएर मुचुल्का बिनाका मतपत्र निकालेको आरोप लगाएकी थिइन् । उनले त्यसपछि मतगणनानै बहिस्कार गरिन् ।
बिजय गच्छदारको राजनीतिक जीवनमा यो छैटौं अपराजित यात्रा हो । २०४८ देखि उनले कुनै पनि चुनाव हारेका छैनन् । योसँगै प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ ।
त्यस्तै सुनसरी ३खमा कांग्रेसकै अगम लाल चौधरी विजयी भएका छन्। उनी २१४२९ मत ल्याएर विजयी भए। उनका निकट्तम प्रतिद्वन्द्वी एमलेका रामदेव यादवले १७५६८ मत ल्याए।
Facebook Comment