‘हमार दाङ’ विमोचन

सन्तोष दहित/घोराही।

थारु पत्रकार संघ दाङ शाखाद्धारा प्रकाशित ‘हमार दाङ’ २०७४ स्मारिकाको विमोचन गरिएको छ । सुनसरीको भुम्कामा भएको थारु पत्रकार संघ नेपालको छैठौं साधार सभा तथा तेस्रो महाधिवेशनमा उक्त स्मारिको विमोचन गरिएको हो ।

स्मारिकाको विमोचन थारु अगुवा एव्म एमालेकी केन्द्रीय सदस्य भगवति चौधरी र थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीले संयुक्तमा विमोचन गरेका थिए। स्मारिकाको विमोचन गर्दे प्रुख अतिथि चौधरीले स्मारिकाले थारु समुदायको भाषा, कला, सस्कृतिको उजागर गर्नेमा ठुलो सहयोग पुर्याउने बताएका थिए।

पुस्तक आफैँमा महत्वपुर्ण हुन्छ त्यस मध्ये पनि हमार दाङ स्मारिका पत्रकार जगतले निकालेको हुनाले सवैले एकपटक अध्ययन गर्नुपर्ने जरुरी रहेको चौधरीले जोड दिए । खोजमुकल आलेख, विचार, रिर्पाेट, तथा सफल्ताका कथा, एंव् थारु भाषा, कला, संस्कृति, साहित्य तथा गीत संगीतको बारेमा समेटिएको यो ‘हमार दाङ’ स्मारिक पुस्तक पठनिय रहेको र नया पुस्तालाई ऊर्जा दिनुको साथै अनुसन्धामुलक समेत रहेको चौधरीले बताए।

त्यसैगरी थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीले दाङ शाखाले वार्षिक स्मारिका प्रकाशन गरेर थारु समुदायका लागि इतिहास कायम गरेको बताएका थिए। यस स्मारिकाले दाङमा थारु पत्रकारहरुको बारेमा जानकारी पाउनुको साथै दाङको पत्रकारिताको अध्ययनमा सहयोग पुग्ने बताए।

थारु, नेपाली भाषामा रहेको स्मारिका ६८ पेजको छ । सन्तोष दहितको प्रधान सम्पादकमा तथा लालु चौधरीको कार्यकारी सम्पादक रहेको हमार दाङको सम्पादक मण्डलमा अन्जना चौधरी, नविन चौधरी, राजकुमार कान्छा, सविता चौधरी छन्।  स्मारिकाको व्यवस्थापकमा सवि थारु, कल्पना चौधरी, श्रीराम दहित र अन्जना जिनगुणि छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *