लामो समयसम्म थरुहटरथारुवान् आन्दोलन हाँक्दै आएको नेपाल लोकतान्त्रिक फोरमले कैलाली निर्वाचन क्षेत्र नं ४ का लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पार्टीको केन्द्रीय उपाध्यक्ष तथा सांसद गीता राणा श्रेत्रीलाई छनोट गरेको छ । भने समानुपातिकतर्फ आदिवासी जनजाति महासंघ कैलाली अध्यक्ष तेज तरामी मगर, पार्टीका केन्द्रीय सदस्य माधव चौधरी, मनिराम चौधरी र महिला समानुपातिक सदस्यमा शारदा केसीको नाम सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष गजेन्द्र पन्तले जानकारी दिए ।

त्यसैगरी, प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस गरिएको छ । क्षेत्रीय अध्यक्ष गजेन्द्र पन्त, क्षेत्रीय सदस्य रुपा चौधरी, ताराकुमारी चौधरी, जिल्ला सदस्य संगीता चौधरी, क्षेत्रीय सहअध्यक्ष मेलाराम टेर्रा, पार्टीको गौरीगंगा नपा अध्यक्ष सगतराम चौधरी, सचिव रामकुमार चौधरी र रामबहादुर चौधरीको नाम सिफारिस गरिएको छ । तर प्रत्यक्षतर्फ छनोट हुन बाँकी रहेको जनाइएको छ ।

अन्य निर्वाचन क्षेत्रमा औपचारिक निर्णय हुन बाँकी रहे तापनि क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ सांसद रामजनम चौधरी र समानुपातिकतर्फ पार्टी सहअध्यक्ष भानुराम थारुको नाम चर्चामा रहेको छ भने निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ सांसद जनकराज चौधरीको नाम पनि चर्चामा रहेको बताइएको छ ।

नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीच भइरहेको तालमेलले उम्मेदवार छनोटमा केही प्रभाव पार्ने देखिएको छ । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *