दंगीशरणमा घन्कियो थारु चुनावी गीत

सन्तोष दहित
प्रचार कर जैबि साली नेङ्टी घुम्टी घुम्टी…२
प्रचार कर जैबि भाटु नेङ्टी घुम्टी घुम्टी ..२

एमालेह जिटैना हो साली, र्सुय चिन्हम भोट डार्ख …२
एमालेह जिटैना हो भाटु, र्सुय चिन्हम भोट डार्ख ..२

दाङको दंगीशरण गाउँपालिकामा अहिले यो गीतको चर्चा छ। नेकपा एमालेको तर्फबाट अध्यक्ष भागीराम चौधरीको टोलीलाई जिताउनका लागि अहिले थारु समुदायले मघौटा, छोक्रा, हुरडुंग्या नाच नाच्दै भोट मागिरहेका छन्।
करिब २० वर्ष पछि हुन लागेको स्थानीय तहको चुनावले दंगीशरण गाउँपालिकामा थारु समुदायको महान पर्व माघी आएजस्तो आभास हुन्छ। यद्यपि यो माघी नभई स्थानीय तहको दोस्रो चरणको चुनाव लागि एमालेको पक्षमा जनलहर बनाउका लागि गरिएको हो।
पछिल्लो समयमा दिनप्रतिदिन एमालेको लहर बढ्न थालेपछि विभिन्न किसिमले एमालेको पक्षमा थारु समुदायले भोट मागिरहेका छन्। उनीहरुले कतै मघौटा नाच नाच्दै भोट मागिरहेका छन् भने कतै छोक्रा, हुरडुंग्या नाच नाच्दै गीतको लयमा मतदान गर्न आग्रह गरिरहेका छन्।
सूर्य चिन्हको छाप भएको टिर्सट, क्याप लगाएर मघौटा, छोक्रा, हुरडुंग्या नाच लिएर उनीहरु जनताको घरदैलोमा लागि परेका छन्। युवायुवतीहरु नाच लिएर गाउँगाउँमा नाचिरहेका छन् भने वृद्धवृद्धाहरु सज्ना मैना गाएर एमालेको पक्षमा भोट मागिरहेका छन्।
गाउँको पढेको लेखेको इमान्दार, जुझारु र सक्षम व्यक्ति उम्मेदवार पाएकाले पनि एमालेका समर्थक मात्र नभई कांग्रेस, माओवादीका कार्यकर्ताहरु पनि भागीराम चौधरीको पक्षमा भोट मागिरहेका छन्।
स्थानीय फिर्तुमान चौधरीले भने, ‘यसपटक हामीले चुक्यौं भने, यो दंगीशरणमा यस्तो उम्मेदावर पाउन फेरि २० वर्ष कुर्नपर्ने हुन्छ, २० वर्षपछि चुनाव हुँदैछ, यो अवस्थामा हामीले भनेको जस्तो उम्मेदवारलाई चुन्न सकेनौं भने कहिल्यै चुन्न सक्दैनौं।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *