स्वेता चौधरीको कारुणिक कथा, जसले सिंगो परिवार उपचार गराउँदैछिन्

आर्थिक अभावमा बाँच्न बाध्य नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै सरकारले गरिबका लागि ल्याएको निःशुल्क स्वास्थ्य सुविधाबाट परिवार नै वञ्चित भएका छन् । गरिबको ‘परिचयपत्र समयमै हात नपर्दा विपन्न परिवारले निःशुल्क सरकारी स्वास्थ्य सुविधा नपाएका भन्ने कुरा पनि नआएका हैनन् ।

हो, यस्तै गरिबी झेलिरहेका विराटनगरका चौधरी परिवार आर्थिक अभावकाबीच जीवन मरणको दोसाँधमा रहेको छ । विराटनगर उपमहानगरपालिका वडा नं १० निवासी हरिनारायण चौधरीका छोरी स्वेता चौधरी बाहेक सबै जना अशक्त छन् ।

धरानको पानस कम्पनीमा मेडिकल रिप्रिजेन्टेन्टीभ अर्थात् औषधीका लागि बजार व्यवस्थापक छिन् स्वेता चौधरी । सिंगो परिवारको उपचार खर्च उनी आफैँले व्यहोर्दै आएकी छिन् ।

चौधरीका ५६ वर्षीय पिता हरिनारायण चौधरी पछिल्लो पाँच वर्ष देखि ओछ्यानमै थला परे । उनको हालसालै हर्नियाको अप्रसेन भयो । कोशि अञ्चलमा उपचाररत हरिनारायण अप्रेसन पश्चात् घर फर्किए। र, टाँका काट्न अस्पताल पुग्दा उनको टाँका काट्न नमिल्ने अवस्था देखियो । टाँका किन जोडिएन भनेर प्रश्न गर्दा, त्यहाँका एक चिकित्सकले बताए, गल्ती भएछ, पेन किलर मात्र टिपोट गरिएछ, अब अर्को हप्ता आउनु मैले औषधी लेखिदिएको छु । छोरी स्वेताले कारुणिक स्वरमा भनिन् ।

अस्पतालको यो कस्तो गैर जिम्मेवारी अभिव्यक्ति, कोही कुनै रोगिलाई कुन औषधी प्रयोग गर्न दिने नदिनेबारेका हेक्का हुँदैन? टाँका काट्ने बेलामा टाँका किन जोडिएन भन्दा, रिपोर्ट हेरेपछि भन्छन्, ला औषधी लेख्दिनै विर्सेछु । सरकारी स्वामित्वको अस्पताल किन यस्तो गैर जिम्मेवार गर्दै छ ? उपचार गर्न जानेले के आधारमा सोधपुछ गर्ने, डाक्टर साहब औषधी बराबर ठीक छ नि? प्रश्न यति मै सिमित हुँदैन ।

हो, उनै स्वेता पारिवारिक अल्झनमै केन्द्रीत छिन् । सिंगो परिवारको लालन पोषण उपचार खर्च उनको कमाईबाट चल्ने गरेको छ । उनकी आमा ५२ वर्षीया सुशीला चौधरीको अवस्था पनि उस्तै छ । रुखको हाँगा भाँचिएर टाउकोमा चोट लागेपछि अचेत अवस्थामा रहेकी उनको आमाको होस् आएको छ । उनकी छोरी स्वेता भन्छिन्, आमालाई होस् त आयो तर केही बोल्नै सक्नुहुन्न । अहिले गोल्डन अस्पतालमा छिन् । थप उपचार गर्न कठिनाई परेको छ ।

यस्तै, १७ वर्षीय भाइ प्रज्वल चौधरी छ वर्ष देखि नै मानसिक रोगका सिकार भए । उनी के गर्छन् के बोल्छन्, उनी सुस्त मनःस्थिति पनि छन् । उनलाई चाहिने काउन्सिलिंग र उपचार गर्न पनि चौधरी परिवार अशक्त छ ।

स्वेताकी अर्को भाइ विवेक चौधरी, जो वैदिशक यात्राका लागि काठमाडौं प्रवेश गरे । अहिले उनी पनि वैदेशिक यात्रामा जान नसक्ने भए । काठमाडौंमा ट्याक्सीले ठक्कर दिएपछि ढाड भाँचियो, ढाडमा देखिएको समस्याका कारण उनको यात्रामा तत्काल पूर्णविराम लाग्यो ।

गरिबी र विपन्नताले यति सम्म पीडा दिन्छ होला भनेर मैले चिताएकी पनि थिइनँ एक मात्र आयकर्मी स्वेताले दुःखेसो पोखिन् । सहयोग प्राप्त भएता पनि त्यो सहयोगले छेउ टुप्पो लागेन । राजनीतिक दलका नेताहरुलाई हार गुहार गरेँ, आज भोलि भन्दै टार्दिन्छन् । गरिबलाई पिरै पिर, खोई सरकार आयो भन्छन्, तर गरिबीलाई आएन । स्वास्थ्य सुविधा निःशुल्क भन्ने भाषण पनि सुनियो । यहाँ पाईले पिच्छेको शुल्कले ऋण बढायो तर अहँ सुविधा कहाँ आयो भने पत्तो भएन । गाउँगाउँमा स्वास्थ्य सुविधाको पहुँच पुर्याउन शिविर ल्याउँछन् । तर त्यो शिविर सम्म लगिदिने कोही पनि छैन । म एक्ली छु । घरमै बसेर सेवा गरुँ त खानी के, बाहिर गएर कमाउँ भने मनलाई सन्तोष नमिल्ने । हो, यसरी नै मेरो जिन्दगी चलिरहेको छ । स्वेताले भावुक हुँदै भनिन् ।

वास्तवमै यी माथि उठेका कुरा पनि जायज नै छन् । देशका जनतामा स्वास्थ्य र स्वास्थ्य चेतना सम्बन्धी शिक्षा अझैपनि पुगेकै छैनन् । विपन्न अशक्त असहायलाई निःशुल्क स्वास्थ्यको स्किम त आयो, तर दिनदुखिको घरमा कहिल्यै आएन । जब त्यो कुरा सम्बोधनमा पुग्छ अनि थाहा हुन्छ, सबै कुरा प्रक्रियामा रहेको हुन्छ । जनताका हितका कार्य प्रायशः पेण्डिङमै जान्छन् । किन शिघ्रातिशिघ्र कार्यान्वयन हुँदैनन् कार्य योजनाहरु । यसबारेमा पनि हामीले सोच्न जरुरी छ । स्वेता चौधरी मात्रै छैनन्, उनी जस्तै हजारौँ छन्, उनीहरुको ठाउँमा पनि यस्ता कुराहरु पुग्नु पर्यो नि ।

स्वास्थ्यमन्त्रीले विभिन्न नीति कार्यक्रम ल्याउँदै गर्दा यता गरिबीहरु झन् झन् भावुक र पिडित बन्दै गए । किनभने उनीहरुलाई आश त जगायो तर भल लागेन । निःशुल्क स्वास्थ्य सम्बन्धी कार्यक्रम अझै पनि कार्यान्वयन भएन। यता तिर पनि ध्यान दिन जरुरी छ कि?
– प्रविण आत्रेय, विराटनगर




Leave a Reply

Your email address will not be published. Required fields are marked *