माओवादी केन्द्रले टुंगो लगायो दाङको उम्मेदवार, घोराही उपमहानगरको उपप्रमुखमा सीता चौधरी

आगामी जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि नेकपा माओवादी केन्द्र दाङले जिल्लाका दशवटै स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ। दुई उपमहानगरपालिका, एक नगरपालिका र सातवटै गाउँपालिकामा उम्मेदवार टुंगो लगाएको माओवादी केन्द्र दाङले जनाएको छ।

जिल्लाका सयवटै वडामा पनि उम्मेदवार टुंगो लगाएको माओवादी केन्द्र निर्वाचन परिचालन समिति दाङका संयोजक निर्मल आचार्यले जानकारी दिए। माओवादी केन्द्रले तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा शेषुराम भण्डारी र उपप्रमुखमा सीता ओली, घोराही उपमहानगरपालिकाको प्रमुखमा जीवन गौतम र उपप्रमुखमा सीता चौधरी र लमही नगरपालिका प्रमुखमा द्रौपदा पौडेल र उपप्रमुखमा कालुराम चौधरीलाई उम्मेदवार बनाइएको छ।

यसैगरी बबई गाउँपालिका अध्यक्षमा सुशील खड्का क्षेत्री र उपाध्यक्षमा उर्मिला ओली, शान्तिनगर गाउँपालिका अध्यक्षमा नेवबहादुर रोका र उपाध्यक्षमा राधिका परियार, दंगीशरण गाउँपालिकाका अध्यक्षमा हिरालाल चौधरी र उपाध्यक्षमा सीता बस्नेत, बङ्गलाचुली गाउँपालिकाका अध्यक्षमा भक्तबहादुर ओली र उपाध्यक्षमा यमुना घर्ती तथा राप्ती गाउँपालिकाका अध्यक्षमा श्यामेश चौधरी र उपाध्यक्षमा भगवता शर्मा अधिकारीलाई उम्मेदवार बनाइएको माओवादी केन्द्र दाङले जनाएको छ।

त्यस्तै राजपुर गाउँपालिकाका प्रमुखमा श्यामबहादुर झाँक्री र उपप्रमुखमा पुष्पा यादव तथा गढवा गाउँपालिकाको अध्यक्षमा लुमाकान्त न्यौपाने र उपाध्यक्षमा रमा चौधरीलाई उम्मेदवार बनाइएको माओवादी केन्द्र दाङले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *