थारु निजामति कर्मचारीद्वारा माघी मिलन कार्यक्रम

राम दहित/धनगढी।

कैलाली जिल्लामा कार्र्यरत थारु निजामिति कर्मचारीद्वारा माघी मिलन कार्यक्रम तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । माघी मिलन तथा वनभोज कार्यक्रम प्रकृतिको सुन्दर एवं पर्यटकीय स्थल जाखोर ताल परिसरमा भएको हो ।

थारु निजामिति कर्मचारी माघी मिलन कार्यक्रम तथा वनभोज कार्यक्रमका संयोजक तथा आन्तरिक राजवस्व कार्यालयका नासु जगतराम चौधरीको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथी कैलाली जिल्लाका सहयाक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी रहेका थिए। कार्यक्रममा प्रमुख अतिथी चौधरी माघी मिलनको शुभकामना सहित एक अर्कामा चिनजान गर्न पाएको खुसी व्यक्त गरे। उनले थारु कर्मचारीहरुमा एकता हुने विचार व्यक्त गरेका थिए।

कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रक शिवप्रसाद चौधरी माघी मिलन तथा वनभोज कार्यक्रमले थारु कर्मचारीलाई एकजुुट गर्न सहयोग पुग्ने बताए।

त्यस्तै कार्यक्रममा जिल्ला वनका रेन्जर रामऔतार चौधरी माघी मिलन तथा वनभोज कार्यक्रमले थारु समुदायका युवाहरुलाई निजामति कर्मचारी सेवातिर प्रवेश गर्न सहयोग पुग्ने बताउनु भयो । उहाँले थारु समुदायका युवाहरुका लागि विभिन्न लोकसेवा कक्षा सञ्चालन गर्ने पनि बताए।
कार्यक्रममा विभिन्न कार्यालयमा कार्यरत थारु निजामति कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन मालपोत कार्यलयका धर्मराज चौधरीले गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *