बारा प्रहरीद्वारा मदिरा नष्ट

जिल्ला प्रहरी कार्यालय बाराले अवैधरुपमा सञ्चालन गर्दै आएका विभिन्न व्यक्तिहरुका घरबाट घरेलु मदिरा नष्ट गरेको छ। प्रहरी निरीक्षक खगेन्द्र धमलाको कमाण्डमा खटिएको प्रहरीले मटिअर्वा-५ र ७ स्थितमा विभिन्न व्यक्तिहरुले सञ्चालन गरेको अवैध घरेलु मदिरा उत्पादन तथा विक्री वितरण गर्ने भट्टी पसल ५ वटा, अवैध घरेलु तयारी मदिरा एक हजार लिटर र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ५,००० लिटर, बनाउन प्रयोग गरिएको विभिन्न किसिमका तिन, प्लाष्टिकको भाडावतन समेत नष्ट गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *