एम्बुलेन्सको ठक्करबाट सुनसरीका राजकुमार चौधरीसहित तीन जना घाइते

सुनसरीको चिमडी गाविस–९ मा एम्बुलेन्सको ठक्करबाट आज तीनजना घाइते भएका छन् । रामनगर भुटाहाबाट बिरामी लिएर बिराटनगरतर्फ जाँदै गरेको नासो कृषि सहकारी संस्थाको को १८ च ९२५७ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा चिमडी–९ का राजकुमार चौधरी, जिवस चौधरी र मोहन चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घाइतेमध्ये राजकुमारको अवस्था गम्भीर रहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । सडकपेटीमा बसिरहेका बेला उनीहरुलाई एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जनाएको छ । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *