रेशम चौधरीको ब्लग: जब छोराले भन्छ- ओइ बाउ, खोइ मेरो साइकल?
रेशम चौधरी।
छ महिनादेखि प्रायः हप्तामै दुई तीन पटक मेरो मोबाइलमा घरबाट फोनमा घण्टी बज्छ। मैले फोन उठाउन नपाई एकोहोरो बोली सुनिन्छ( ए बाउ,खोइ मेरो साइकल?
एकदिन संयोग येस्तै पर्यो। मैले फोन गर्दा छोरा साइकल चलाइरहेको रहेछ। मैले फोन गर्नु, उसको साइकल बिग्रनु१ त्योपनि कहिलै नबन्नेगरी। ऊ फोनमा रुन थाल्यो। मैले सकुन्जेल फकाए( नरोउ छोरा१ अर्को साइकल किनिदिन्छु भने। छोरा चुप्प लाग्यो। त्यहाँबाट जुनदिन छोराले सम्झिन्छ तेहिदिन फोन गर्छ र साइकलको फर्माइस गर्छ। बिचरी रन्जिताले पनि कतिदिन थेगोस् छोराको जिद्दी रु ऊ पनि जबजब छोराले साइकल सम्झिन्छ तबतब मलाई फोन लगाइदिन्छे र फेरि छोराको धम्की सुन्छु म( ए बाउ,खोइ मेरो साइकल?
पहिला पहिला भोलि भोलि भन्दै टार्थे। झुठको पनि सिमा हुन्छ,आजभोलि त छोराले पनि पत्याउन छोद्द्यो क्या रे१ सिधा धम्की दिन्छ( ए बाउ, खोइ मेरो साइकलरु दशै आयो नाना किनिदिनु पर्दैनरु मा को कपडा च्यात्तिसक्यो, के लगाउने?
म उसको कुरा सुन्छु। फोन राखेपछी ढोका लगायर क्वाँ क्वाँ धित मरुन्जेल रुन्छु। मुखमा हासो सिद्दिएको धेरै भो,आजभोलि आँशु नै साथी, आँशु नै सहारा छ।
छोराको जिद्दी थाम्न नसकेपछि एकदिन काठमाडौंमा साथीलाई छोराको साइकलको लागि अनुनय गरे। साथीले पनि भोलि भन्नुभो। भोलि मलाई फोन गर्न मन लागेन र साथीको भोलि कहिलै आएन पनि।
मेरो एकजना निकटको मित्रलाइ गुहारे( दशै आयो, श्रीमती र छोराको लागि केही गरिदिन अनुनय गरे। उहाँले पनि भोलि भन्नुभो। भोलिपल्ट दिउँसो साथिलाई अनलाइनमा देखे, हेलो भनेर च्याट गरे, उसले लाइन अफ गर्यो।
आज बिहान फेरि छोराको फोन आयो। रन्जिता केही बोलिनन् सायद उनलाई थाहा थियो( मेरो बुढाले आज पनि पक्कै भोलि भन्नेछ ।
मन थामिएन। कोठामै घ्वा घ्वा रोए। एक्लै धित मरुन्जेल रोए। फेरि काठमाडौंमा भाइलाई फोन गरे( उसले किनिदिने आश्वासन दिएको छ, सायद मेरो छोराले दशैमा साइकल पाउँछ होला।
जिन्दगीमा धेरै गरे। रन्जितालाई भोक लागेको बेला सकेको खुवाए। आजभोलि के खान्छिन कुन्निरु छोराको नाथे साइकलको फर्माइस पूरा गर्न नसक्नेले श्रीमतीको आवश्यकता कसरी पूरा गर्नुरु जे भए पनि मन बुझाएकै होलिन्।
चित्त बुझाउनु रन्जु। दशैँ अगाडि पनि सरकारले मुद्दा फिर्ता गर्लाजस्तो छैन, मैले आङ्ग ढाकेकै छु। तिमी कस्ती छेउरु भावनामा रुन्छुमात्रै। मलाइ मिठो लाग्छ भनेर तिमीले पकाउने खसीको मासु नरोइकन खाउ है। हामिलाई अलपत्र पारेर मन्त्री बन्नेहरुको त दशैँ राम्रो होला। हाम्रो दशैँ हामीले रेडियोमा गीत बजाएजस्तै भो-
दिनै बित्छ रोयर,रातै कोल्टे फेरेर
कतिबसु दैयाराजै बाटो कुरेर…
Facebook Comment