यौनजन्य क्रियाकलाप गर्ने ११ जना पक्राउ

ललितपुर प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न ११ जना युवा युवतीलाई आज ग्वार्कोबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोको विशेष टोलीले बालकुमारी– ग्वार्को क्षेत्रमा बेस्यावृत्तिसम्बन्धी मोलमोलाई गर्ने कार्यमा संलग्न रहेको अभियोगमा छ जना युवती र एक सञ्चालकसहित पाँचजनालाई पक्राउ गरेको हो ।

ग्वार्कोस्थित बिएण्डबी हस्पिटल नजिक ‘मनिषा खाजाघर’ बाट अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वृत्त प्रमुख प्रहरी नायव उपरीक्षक रामेश्वर यादवले राससलाई जानकारी दिए ।

उनका अनुसार उक्त खाजाघरमा युवायुवती जम्मा भई यौनजन्य क्रियाकलापका लागि मोलमोलाई गरी अन्तै गएर बस्ने गरेको खुल्न आएको छ । पक्राउ परेकामध्ये सञ्चालक २६ वर्षीय सञ्जय पाण्डे र अन्य १५ देखि २० वर्ष उमेरका छन् ।

हालः सातदोबाटो प्रहरीमा रहेका उनीहरुलाई सोमबार यौनजन्य क्रियाकलापसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *