मोटरसाइकल दुर्घटनामा मुकेश चौधरीसहित दुईको मृत्यु

एको जानकारी अनुसार ढल्केवर भन्दा तीन किलोमिटर दक्षिण हजरा चौकमा विपरीत दिशाबाट आइरहेका दुई मोटसाइकल एक आपसमा ठक्कर खाँदा सर्लाही गौरीशंकर- १ का ३२ वर्षीय मुकेश चौधरीको सनाखत भए पनि अर्को मृतकको हालसम्म सनाखत हुन सकेको छैन ।

सर्लाही गौरीशंकर गाविस १ का मृतक मुकेश चौधरीकी भाउजु सुष्मा चौधरी गम्भीर घाइते भएकी छिन् । चौधरीलाई थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल भर्ना गराइए पनि त्यहाँ उपचार सम्भव नभए पछि उनलाई सघन उपचारको लागि धरान रिफर गरिएको छ ।

ज ७ प ५७१७ नम्वरको जनकपुर आउँदै गरेको पल्सर र विपरीत दिशाबाट जाँदै गरेको ना ३६ प ९३१९ को डिस्कोभर मोटरसाइकल ढल्केवरबाट ३ किलोमिटर दक्षिणतर्फ रहेको हजरा चोकमा ठक्कर खाएका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *