फ्रान्समा ट्रकले किच्दा कम्तिमा ७७ को मृत्यु
। फ्रान्सको नीस शहरमा बास्टील डेको भीडमा एक ट्रकको ठक्करबाट ७७ भन्दा धेरैको ज्यान गएको छ । स्थानीय अधिकारीकाले मानिसहरुको मृत्यु भएको जानकारी दिदै उक्त सवारी हमलामा सयभन्दा धेरै मानिस घाइते भएको बताए ।
रिपोर्टहरु अनुसार ट्रकमा बन्दुक तथा ग्रेनेड बरामद भएको छ । मिडिया रिपोर्ट अनुसार प्रामिनेड देस आंगलेसमा आताशबाजी बीच यो घटना भएको हो ।
नीसका मेयर क्रस्टियन एस्ट्रोसीका अनुसार ट्रकका चालकले मानिसहरुलाई सुनियोजित रुपमा मारेको जस्तो देखिएको छ । प्रत्यक्षदर्शीका अनुसार उनीहरुले गोली चलेको आबाज सुनेका थिए । र, सडकमा रहको मानिस धेरै डराएका थिए ।
प्रहरीले ट्रक चालकलाई गोली प्रहार गरेका छन् । र, उसको मृत्यु भएको छ । फ्रान्सका राष्ट्रपति फ्रास्वा ओलान्डले पेरिसमा आपतकालिन बैठक बोलाएका छन् ।
फ्रान्समा गत वर्ष पेरिस हमाला पति आपतकाल लागू गरिएको थियो जुन अहिलेसम्म लागू छ ।
Facebook Comment