थारु पत्रकार संघ कञ्चनपुर शाखा पुनर्गठन

थारु पत्रकार संघ कंचनपुर शाखाको पहिलो अधिवेशनबाट डी बी (धनबहादुर) कुश्मीको अध्यक्षततामा नयाँ कार्यसमिति गठन भएको छ । डी बी कुश्मी झलारी कंचनपुरबाट प्रकाशित हुने पहिचान खबरका प्रकाशक सम्पादक हुन् ।
असार २७ गते महेन्द्रनगरको पहिचान एफएममा भएको अधिवेशनबाट उपाध्यक्षमा सरिता चौधरी, सचिव पहिलाद राना, कोषाध्यक्षमा लीला राना तथा सदस्यमा दानसिंह डंगौरा, ममता राना, दीपा चौधरी चयन भएका छन् । त्यस्तै सल्लाहकारमा बलबहादुर डंगौरा, हेमन्ती चौधरी, रामचन्द्र कुश्मी चयन भएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै थारु पत्रकार संघका केन्द्रिय अध्यक्ष कृष्णराज सर्वहारीले थारु संचारकर्मीहरु संगठित भई आफ्नो समुदायको हक, अधिकारको बारेमा आवाज बुलन्द  गर्नुपर्ने बताए । उनले थारु पत्रकारहरुले खोजमूलक समाचारमा जोड दिनुपर्ने बताउँदै जुनसुकै क्षेत्रमा स्थापित हुन दक्ष हुनु पर्ने भएकोले दक्षता अभिबृद्धिका लागि थारु भाषाका समाचारमा मात्र सीमित नहुन आग्रह गरे ।

शुक्लाफाँटा दैनिकका सम्पादक बलबहादुर डंगौराले कैलालीमा पहुरा दैनिक थारु भाषामा प्रकाशन भएझैं कंचनपुरबाट पनि त्यस्तो पहल भइरहेको जानकारी दिए। नवनिर्वाचित अध्यक्ष डी बी कुश्मीले पहिलेको कार्यसमिति निस्कृय रहेकोमा अव सकृय भएर विभिन्न गतिबिधि संचालन गरिने बताए। कार्यक्रम संघका जिल्ला अध्यक्ष रामचन्द्र कुश्मीको सभापतित्वमा भएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *