करेन्ट लागेर दाङ निवासी कृष्ण चौधरीको मृत्यु, चार गम्भीर घाइते

विद्युत्को पोल गाड्ने क्रममा शनिबार साँझ लालमटिया गाविस–७ बराहखुटीमा करेन्ट लागेर गम्भीर घाइते भएका पाँच मजदुरमध्ये एक जनाको आज उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा लालमटिया गाविस– २ का २२ वर्षीय श्रीकृष्ण चौधरी रहेका छन् ।

करेन्ट लागेर गम्भीर घाइते चौधरीको उपचारका क्रममा आज लुम्बिनी अस्पतालमा मृत्यु भएको हो ।

गम्भीर घाइते भएका सोही ठाँउका १८ वर्षीय मनिराम चौधरी, १९ वर्षीय अशोक चौधरी, २३ वर्षीय सीताराम चौधरी र २३ वर्षीय प्रकाश चौधरीको लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचार भइरहेको छ ।

विद्युत् विस्तारको जिम्मा लिएका ठेकेदारले विद्युत्सम्बन्धी जानकारी नै नभएका मजदुरलाई विद्युतीय काममा लगाउँदा उक्त दुर्घटना भएको दाङ प्रहरीले बताएको छ । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *