बँधुवा जीवन तोडेर उदाएका अभियन्ता
दिपु चौधरी
कैलालीको लम्की–चुहा नगरपालिका–१, बलचौरका २९ वर्षीय दिपु चौधरीलाई अहिले आफ्नो विगतको जीवन सम्झेर सपनाझैं लाग्छ । कमैया बुवासंगै जमिन्दारहरूकहा“ गोठालो भएर बाल्यकाल विताएका दिपुले आफ्नो जीवनमा यस्तो परिवर्तन आउला भन्ने कल्पना पनि गरेका थिएनन् । उनका बुवा बेझराम थारू जुन जमिन्दारको घरमा कमैया बस्न जान्थे, उनी पनि त्यही घरमा गोठालोका रूपमा प्रवेश गर्दथे । ‘मेरा बाबा कैयौ जमिन्दारकहा“ गरी करिव ५० वर्ष कमैया बस्नुभयो’ उनले सम्झिए– करिब सात वर्ष त मैले नै गोठालो भएर काम गरे । ती दिन निकै कष्टकर थिए, न पेटभरि खाना पाइन्थ्यो, न पुरै जीउ छोप्ने लुगा नै ।
अहिले दिपुको जीवनमा ठूलो परिवर्तन आइसकेको छ । कुनैवेला उनी उनको परिवार ब“धुवा जीवन विताउन बाध्य थियो । सरकारले १६ वर्षअघि कमैया“ प्रथा उन्मुलन घोषणा ग¥यो । तर, अहिले पनि थुप्रै मुक्त कमैया“को पुनस्र्थापना हुन बा“की छ । बाल्यकालमा आफैंले ब“धुवा जीवन भोगेका दिपु अहिले कुनै पनि प्रकारको दाशताका अवशेष निमिट्यान्न पार्न कस्सिएका छन् । हाल उनी मुक्तकमैया पुनस्र्थापना समस्या समाधान आयोगका केन्द्रीय सदस्यका रूपमा क्रियाशील छन् ।
उनले बाल्यकालमा निकै ज्यादती देखेसहेका थिए । उनी सम्झिन्छन– ‘टीकापुर नगरपालिका–५, घिया र बाघमारा गाउ“मा जमिन्दारको घरमा काम गर्दाको बेला मेरो परिवारलाई गाउ“निकाला गरिएको थियो । हाम्रो परिवारलाई सहयोग गर्नेलाई बनकस (बाबियो) को कोर्राले कुट्ने उर्दीसमेत जारी भएको थियो ।’
२०५७ साल साउन २ गते सरकारले कमैया मुक्ति घोषणा ग¥यो । त्यो दिन उनको परिवारलाई पश्चिमबाट सूर्य उदाए झै लाग्यो । उनको परिवार विभिन्न मुक्तकमैया शिविर चहार्दै अन्त्यमा २०६५ सालमा बल्चौर शिविरमा आइपुग्यो ।
बाल्यकालमा बुवासंगै जमिन्दारको घरमा गोठालो बस्न बाध्य भए पनि उनमा सानैदेखि पढाईकाप्रति लगाव थियो । पढाईको प्रतिको उनको लगाव देखेर शिक्षिका शान्ता सिंह (कम्युनिष्ट नेता मोहनबिक्रम सिंहकी धर्मपत्नी) ले कमैया मुक्ति हुनु अगाडी नै जमिन्दारको घरबाट मुक्त गराएर स्कूल भर्ना गरिदिएकी थिइन् । ‘मेरो आमा, गुरुआमा सबै उहा“ (शान्ता) नै हो’ स्कूल जीवन स्मरण गर्दै उनले भने– सरहरू (शिक्षक) ले परीक्षामा मैले ल्याएको प्राप्तांक देखेर कक्षा अपग्रेट गरिदिनु हुन्थ्यो । मैले हालसम्म छात्रवृत्ति कोटाबाटै अध्ययन गर्दै आए“ । उनले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा स्नाकोत्तर उत्तीर्ण गरिसकेका छन् ।
दिपु दुई वर्षदेखि मुक्तकमैया पुनस्र्थापना समस्या समाधान आयोगको केन्द्रीय सदस्यका रूपमा क्रियाशील छन् । ‘मेरो प्रयास कमैया, हलियालगायत ब“धुवा मजदूरीका अवशेषको अन्त्य गरी राज्यको मूल प्रवाहमा ल्याउनु नै रहेको छ’ उनले भने । दिपुले मुक्त कमैया पुनस्र्थापना अभियानसंगै जिविकोपार्जनको लागि शिविरमै व्यावसायिक बाख्रापालन समेत गर्दै आएका छन् ।
रामफल चौधरी
टीकापुर नगरपालिका–९, शिवनगर मुक्त कमैया वस्तीका ५१ वर्षीय रामफल चौधरीलाई पनि विगतको जीवन सम्झि“दा अहिले पनि भाउन्न भएर आउ“छ । उनी २०५७ साल पूर्व पा“च वर्ष कमैया बसेको थिए । ‘ती दिन निकै कठोर थिए, कोदालो हराए पनि कमैयाकै थाप्लोमा, गुईडा“गर (वस्तुभाउ) बिराम भए कमैयामाथि नै दोष लगाइन्थ्यो’ उनले भने– हरेक दिन कष्टपूर्ण थिए ।
रामफलले कमैया“ मुक्तिपूर्व नै कमैया आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । उनी सरकारले लागू गरेको मुक्त कमैया पुनस्र्थापना तथा राहत प्याकेजप्रति असन्तुष्ट छन् । ‘एक त राज्यले हचुवाको भरमा पुनस्र्थापना गरिरहेको छ । त्यसैमा मुक्त कमैयाभित्रैका केही पक्षसे राहत रकममा राजनीति गरिरहेका छन्’ उनले भने– यी सबै न्यायोचित पुनस्र्थापनाका लागि प्रमुख चुनौती हुन् ।
उनको नेतृत्वमा २०६९ सालमा राज्यद्वारा कमैया पुनस्र्थापनाको लागि घोषणा भएको एक लाख ५० हजार रुपैया“को जग्गा खरिद अनुदानविरुद्ध आन्दोलन भएको थियो । उनले मुक्तकमैया बडघर सञ्जाल गठन गरी राहत रकम बढाउनु पर्ने र जग्गा खरिदमा हुने कमिशनको खेल अन्त्य हुनु पर्ने माग गर्दै आन्दोलन सञ्चालन गरेका थिए । उनी सञ्जालका केन्द्रीय अध्यक्ष पनि हुन् ।
निलो परिचयपत्र पाएका उनी जिविकोपार्जनको लागि व्यावसायिक तरकारी खेतीमा संलग्न रहेका छन् । चार वर्षदेखि १० कठ्ठा जग्गा ठेक्कामा लिएर तरकारी खेती गर्दै आएका उनी त्यसैबाट घर खर्च र बालबालिकालाई पढाई रहेकोका छन् । ‘तरकारी खेतीबाट महिनामा ३० हजारदेखि ४० हजार रुपैया“ कमाउ“छु’ उनले भने– तरकारी खेतीको आम्दानीले मेरो परिवारको राम्रैसंग गुजारा चलिरहेको छ ।
दिलरानी चौधरी
कमैया मुक्ति भएको डेढ दशक भइसकेको छ । तर, पुनस्र्थापनाका मुद्दा अहिले पनि समाप्त भइसकेको छैन । अझ, कमलहरी पुनस्र्थापनाको सवाल जल्दोबल्दो रूपमा रहेको छ । कमलहरी पुनस्र्थापनाका लागि सरकारी तथा गैरसरकारी तहबाट थुप्रै प्रयास भइरहेका छन् । कमलहरी अथवा कमैया बस्दाका पीडा भुलेर उनीहरूको हकहितका पक्षमा अनवरत संघर्ष गरिरहेकाहरू पनि छन् । कमैया र कमलरीको जीवन भोग्दै गर्दा यौन तथा घरेलु हिंसाको सिकार भएकी भजनी–त्रिशक्ति नगरपालिका–७, मधुवन वस्तीकी ३५ वर्षीया दिलरानी चौधरी अहिले पीडितहरूका पक्षमा समर्पित छिन् ।
‘६ वर्ष कमलहरी बसे । १६ वर्षको उमेरमा विहे भयो’ विहेको केही वर्षपछि आफन्तबाटै यौनहिंसाको सिकार भएकी दिलरानीले विगत कोट्याइन्– ती दिन सम्झि“दा कुन जुनीमा के पाप गरे हु“ला जस्तो लाग्छ । उनको दुःखमा उनका श्रीमानले साथ दिएनन् । हाल उनी श्रीमानसंग अलग भएर एक छोरा र एक छोरीसंग छुट्टै बसिरहेकी छिन् ।
कमलहरी, कमैया, यौनहिंसा भोगेकी दिलरानीले हाल आफ्नै नेतृत्वमा कमैया महिला जागरण समाज गठन गरेकी छिन् । उनी संस्थामार्फत कमैया पुनस्र्थापना, यौन तथा घरेलु हिंसा र समान ज्यालाका सवालमा सक्रिय छिन् । स्वाभिमानी स्वभावकी दिलरानीले श्रीमान्ले साथ नदिए पनि आफ्नो र छोराछोरीको राम्रैसंग लालनपालन गरेकी छिन् । उनले भजनीमा सिलाईकटाई व्यावसाय सञ्चालन गरेकी छिन् ।
हेमा चौधरी
थारू समुदायमा परम्परागत रूपमा बड्घर प्रथा कायम छ । थारु समुदायमा बड्घर प्रमुख व्यक्ति हुन्छ । प्रायः पुरुष नै बड्घर हुने गरेकोमा केही वर्षदेखि महिला पनि बड्घर बनेर समाजको नेतृत्व गरिरहेकी छिन् । टीकापुर–८, विजयनगर वस्तीकी हेमा चौधरी यस्तै सफल बड्घमध्येकी एक हुन् । उनी २०६० सालदेखि हालसम्मको गाउ“मा सर्वसम्मतीले बड्घर चुनि“दै आएकी छिन् ।
‘मेरो मनमा जहिले पनि पुरुषभन्दा महिला के कुरामा कम छन्, पुरुषले गर्नसक्ने कुन काम महिलाले गर्न सक्दैनन् ? भन्ने प्रश्न उठ्थ्यो’ हेमाले भनिन्– मैले बड्घर भएर काम गर्न सक्छु भन्ने आ“ट गरे । सायद मेरो आ“ट देखेर नै होला, गाउलेले पनि मलाई १०/१२ वर्षदेखि सर्वसम्मतीले बड्घर चुन्दै आएका छन् ।
हेमाले पनि कमलहरी र कमैया जीवन भोगिसकेकी छिन् । ‘मलाई कमैया हु“दा नै गाउ“को प्रमुख भएर काम गर्ने इच्छा जागेको थियो’ उनले बड्घर बनेर काम गर्न पाएकोमा आफूले निकै सम्मान पाएको अनुभव गरेका बताइन् ।
आर्थिक रूपमा सबल बन्दै मुक्तकमैया
सरकारी तथा गैरसकारी पक्षबाट पुनस्र्थापना संगै वृत्ति विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन भएपछि कतिपय मुक्त कमैयाको जीवन स्तरमा सुधार आएको छ । स्वरोजगार दर बढको छ । मुक्त कमैयाका बालबालिकाको स्कूल भर्ना दर पनि उल्लेख्य रूपमा बढेको छ ।
धनगढी उपमहानगरपालिका–७ मनेहरा वस्तीका मुक्तकमैया खुसीराम चौधरी अहिले स्वरोजगार छन् । जिल्ला भूमीसुधार कार्यालय, कैलालीबाट प्लम्बर तालिम लिएका उनी १५ वर्षदेखि सोही पेसामा संलग्न छन् । ‘मैले मासिक ४० हजारदेखि ६० हजार रुपैया“सम्म आम्दानी गर्दछु’ खुसीरामले मनेहरामा पक्की घरसमेत बनाइसकेको बताए ।
उनीजस्तै धनगढी बसन्त टोल वस्तीका जालुराम चौधरी पनि फर्निचर बनाउने काममा लागेका छन् । मासिक ३० हजारदेखि ३५ हजार रुपैया“सम्म आम्दानी हुने बताउने जालुराम छुट मुक्त कमैया सूचीमा परेका छन् ।
धनचौरी मुक्तकमैया शिविरमा जग्गा पाएकी ठगनी चौधरीले धनगढी क्याम्पसचोकमा सिलाई व्यावसाय सञ्चालन गरेकी छिन् । उनी सिलाईकटाई प्रशिक्षक पनि हुन । उनले धनचौरीमा पाएको जग्गा खुटिया नदीले कटान गरिसकेको छ ।
भूमिसुधार कार्यालय सहितका सरकारी निकाय तथा केही गैरसरकारी संस्थाले सञ्चालन गरेको सीपमुलक तथा आयमुलक तालिम पाएका थुप्रै मुक्त कमैया हाल स्वरोजगार बनेका छन् । भूमिसुधार अधिकारी लक्ष्मण कठायतका अनुसार कैलालीका चार हजार बढि मुक्तकमैयाले सीपमुलक, आयआर्जनमूलक तालिम लिइसकेका छन् । सो कार्यालयले मुक्त कमैयाहरूका लागि सिकर्मी, डकर्मी, विद्युत जडान, सिलाईकटाई, बंगुरपालन, ड्राईभिङ, सामूहिक तरकारी खेती लगायत ३६ बढि प्रकारका तालिम प्रदान गर्दै आएको छ ।
प्रस्तुती : लखन चौधरी
Facebook Comment