एक जना सांसदलाई साढे ३ करोड बजेट
सरकारले सांसदहरुले पाउँदै आएको सुविधा बढाएको छ । सांसदहरुले पाउने विकास बजेटमात्रै होइन, व्यक्तिगत सुविधामा समेत बढोत्तरी गरिएको छ ।
सरकारले नयाँ आर्थिक वर्षदेखि एकजना सांसदलाई साढे ३ करोड रुपैयाँ बराबरको बजेट दिने भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषमा ३ करोड रुपैयाँ र सांसद विकास कोषलाई ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सांसदहरुले घरभाडा बापत पाउँदै आएको सरकारी रकम बढाएको छ । सांसदहरुको तलब र सुविधा थप गर्दा विरोध हुने देखिएपछि चोरबाटोबाट घरभाडा सुविधा बढाइएको हो ।
सांसदहरुलाई सोझै बजेट दिँदा त्यसको दुरुपयोग भएको भन्दै कतिपयले नै खारेजीको माग गरिरहेका बेला सरकारले बजेट बढाएको हो ।
Facebook Comment