खबरदार ना बिस्राओ, थारुहुक्र भेंवक भक्त हुइट
सन्तोष दहित
कुनै पनि गीतमा संगीत भएन भने त्यो गीत अधुरो नै हुन्छ । त्यहि संगीतभित्र एक महत्वपूर्ण संगीत हो बाँसुरीको धुन । गीतमा बाँसुरीको धुन भएन भने कता कता नराम्रो सुनिन्छ । सुन्दापनि खासै मिठासपन हुँदैन । पहिला–पहिला त बाँसुरीको धुन बिना गीत नै बन्दैनथ्यो । अहिले आधुनिक हप्रविधिको जमानाभएकोले केही गीतमा बाँसुरीको धुन प्रयोग नगरिएपनि त्यो गीत सुन्दा खासै मजा आउँदैन । सुन्दा पनि खल्लो महसुस हुन्छ । त्यसैले गीत होस या अरु केहिमा मन्त्रमुग्ध पार्नको लागि बाँसुरीको धुन आवश्यक हुन्छ । त्यहि भएर होला बाँसुरीको धुन सुनेर श्री कृष्णको पछि–पछि सयौं गोपनीहरु पिछा लागेको कथा हामीले अझैपनि पुर्खाहरुको मुखबाट सुन्ने गर्छै ।
त्यहि श्री कृष्णको कथा सुनेर या पढेर होला कवि सुशील चौधरीले ‘बिरहुल बसिय’ नाम दिएर संयौ पाठकहरुलाई आफ्नो कविता सङग्रहतीर तान्न खोजेकाछन् । भनौ श्री कृष्ण जस्तै संयौ पाठकहरुलाई आफ्नो कविताको संग्रहको पछि–पछि, पिछा लगाउने कोशिस गरिरहेकाछन ।
पहिलो पटक थारु भाषा र नेपाली भाषामा कवि चौधरीले बिरहुल बसिया बजारमा ल्याएकाछन् । उनले आफ्नो कविता मार्फत थारु समुदायको महत्वपुर्ण पर्व तथा नेपालका पर्यटकीय सम्भावना बोकेका विभिन्न धार्मिक, स्थल, मन्दिर, पहाड, ताल तलैयाको चर्चा गरेकाछन् । यसैगरि नेपालको कला, संस्कृति, परम्परा, मौलिक सँस्कार र नेपालको पहिचानलाई ‘बिरहुल बसिया’ कविता संग्रह मार्फत आम पाठकहरुलाई चिनाउने प्रयास गरेका छन् । त्यस्तै कविता संग्रहमा अधिकांस कबिताहरुले प्रगतिशील धार बोकेकाछन्, । युवाहरुलाई अधिकार प्रति कबिता मार्फत उत्साहित बनाउन खोजिएको छ ।
कवि चौधरीको कविता संग्रहमा थारु भाषामा ‘विरहुल बसिया’ र नेपाली भाषामा ‘बिरही बाँसुरी’ नाम दिएर थारु, नेपाली गरि ४६ वटा कविता समेटिएका छन् ।
कविता संग्रहमा ‘म्वार पहिचान’ शिर्षकमा सगरमाथा, पशुपतिनाथ, पाथिभारा, मुक्तिनाथ, स्वगद्धारी मात्र हैन मेरो पहिचान लुम्बिनी, जानकी, बागेश्वरी, ठाकुद्धारा, घोडाघोडी पनि मेरो पहिचान हो । ठुला–ठुला मठमन्दिर, तालतलैयालाई मात्र नेपालको चिनारी हैन अरु पनि थुप्रै सम्पदाहरु छन्, ती पनि नेपालकै चिनारी हुन्, नेपालकै पहिचान हो भनी कविता मार्फत् चर्चा गरिएको छ ।
सरगरमाथाकेल निहो पहिचान म्वार
पशुपतिनाथ, पाथिभारामाई, मुक्तिनाथ व
स्वर्गद्धारी, शैलेश्वरीकेल नाही
म्वार पहिचान,
लुम्बिनी, जानकी, बागेश्वरी,
व ठाकुरद्धारा, घोडाघाडी, बेहडावाफे
हो म्वार पहिचान ।
यसैगरी कवितामा भनिएको छ- भादगाँउलेको टोपी, पाल्पाली ढाका, दौरा, सुरुवाल मात्र हैन मेरो पहिचान गुन्यु, चोली, भेग्वा, लहंगा पनि मेरै पहिचान हो । यी पहिचान भनेकै नेपालकै पहिचान हुन् भनि कविता मार्फत बर्णन गरिएको छ ।
भादगाउँले टोपी, पाल्लाली ढाका
दौरा सुरुवाल केल नै हो म्वार पहिचान
हाकापटाछी, गोन्या, चोल्या व
धोती कुर्था व
भेग्वा, डग्ली, लहंगा
व अंगियाफे हो म्वार पहिचान ।
त्यसैगरी अर्के कविता ‘अष्टिमकीम अस्तित्वक खोजी’ शिर्षकमा भनिएको छ –यसपाली कुन्नी के भयो, भुत लाग्यो कि के भयो, महाभारतको युद्ध जस्तै रगतको खोला बग्यो । वर्षको एक पटक आउने पर्व अष्टिम्की ‘जन्माअष्टिमी’ सवै तयारी भएको बेला मनाउन पाइएन । घरमा आएको पर्व मनाउन नपाउँदा निकै खल्लोको महसुस भयो । आखिरमा हाम्रो के गल्ती थियो र, सरकार, प्रशासनलाई केन्द्रीत गर्दे कवितामा भनिएको छ । खासगरि गत भदौ ७ गते कैलालीको टिकापुरमा भएको थरुहट आन्दोलनलाई केन्द्रीत गरि अष्टिम्की पर्वको चर्चा गरिएको छ ।
असौं काजुन काहुइल
की लागु भागु लागल ?
बर्कीमार अस
सुर्खेल युद्ध हुइल, हमार गाउँम
महटान उर्दी सुन्क
के जानल के निजानल
के मानल के निमानल
दैब जान
रकटके खोल्वा बहल ।
सात्ताके मातम हिंस्रक
सुरुहुइल दमनके श्रृंखला,
चिल्ली विल्ली पारल रैथाने धर्तीपुत्रन् ।
लस्क्याइल अस्टिम्की
फिक्कल होगैल ।
त्यही कविताको अन्तिम अनुच्छेदमा फेरी आक्रोस र खबरदारी गरिएको छ । थारु समुदायलाई त्यसै नसम्झ जव थारु एक भएर भीम बनेर निस्कन्छन्, त्यसपछि कसैले सम्हालन सक्दैन कबितामा भनिएको छ-
खबरदार
ना बिस्राओ, थारुहुक्र भेंवक भक्त हुइट
जे किच्काके प्याटीम जाक
गेक्टा बन्क
जीउ फुलाक, प्याट फर्चाए सेक्ठ
लडियाके डुनु डीँम
ठह्रियाक, सेम्रक सज्ज रुख्वक फुला
बनाक लगुइया
बीर भेवा बन्क
थरुहट जवान अइटी बाट ।
अर्काे कवितामा भनिएको छ- ए शासक हिजो सम्म आफ्नो काम गराउने बेला खुब चिप्ला कुरा गरेर जान नजानी मेरो भाषामा मलाई बोलाउथ्यौं । मेरै भाषामा कुराकानी गर्दै मसंगै खल्यानमा बसेर मकैको खाजा खान्थ्यौं । तर, केहि पनि भएन । अहिले मेरो भाषालाई संविधानले पनि मान्यता दियो । सरकारी कामकाजमा पनि मेरो भाषामा बोल्दा किन आज तिमीलाई सकस लाग्छ । के को आपत्ती भइरहेको छ । खबरदार मालिक मेरो भाषामो बोल्ने मेरो पनि अधिकार छ । मलाई मेरो भाषालाई सरकारले मान्यता पनि दिएको छ भने तिमीलाई किन आपत्ती ? कवि चौधरीले कविता मार्फत देशका शासकहरुलाई खवरदार गर्ने कोशिस गरेका छन-
अई जिम्दर्वा ?
कालसम् मही कज्याइबेर
महा चिफ्लारसे म्वार भाषा ओ लवजम
ब्वाल बट्वाइबेर डकस निलागल टुहिन्,
आपन खेन्वक धान डाँइबेर
संगसंग कौह्राम कोक्नीक भुजा भुज भुज खाइबेर
सरम फे निलागल टुहिन्,
आज,
म्वार भाषाफे ब्वाल ओ लिख पह्र पैना हुइलट
काजे
सकस लागटा टुहिन ?
केहँका आपत्ति टुहिन ?
यस्तै यस्तै विभेद, उत्पिडनमा परेका बर्गहरुको पक्षमा यस कविता संग्रहमा कविता लेखिएका छन्। निकै मेहनत र सरल भाषामा सवैलाई बुझ्ने सजिलो होस भनि कबि चौधरीले थारु, नेपाली भाषामा कबिता लेखकाछन् । कवि चौधरीले प्रकाशन गरेको यो बिरही बाँसुरीले नयाँ पुस्तालाई साहित्यिक क्षेत्रम कलम चलाउने युवाहरुलाई उत्प्रेरित र जागरुक बनाउनमा सहयोग पु¥याउने देखिन्छ ।
Facebook Comment