Tha Ka Sa

थारु कल्याणकारिणी सभाको केन्द्रीय प्रशिक्षण विभागले आयोजना गरेको तीन दिने राष्ट्रिय भेलाको खर्च विवरण सार्वजनिक गरेको छ। सिरहाको लहानमा माघ २३, २४ र २५ गते भएको भेलामा ५ लाख ३५ हजार ८ सय ४१ रुपैयाँ खर्च भएको देखाएको छ। बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले सो खर्च विवरण सार्वजनिक गरेको छ। 

पछिल्लो समय पारिदर्शिताको कुरा ब्यापकरुपमा उठ्दै आएको र सहयोग माग्न जाँदा पनि रकम हिनामिनाबारे प्रश्न उठाएको भन्दै खर्चविवरण सार्वजनिक गरेको अर्थसमितिका संयोजक रामाकान्त चौधरीले जानकारी दिए। ‘अार्थिक सहयोग जुटाउने क्रममा सिरहा जिल्लाको ७० भन्दा बढी गाउँहरू पुगेँ र सबैको एउटै प्रश्न थियो, ‘सहयोग त गर्छु तर अाम्दानी र खर्च पारदर्शि हुँदैन्’ हामी सबै ठाउँमा गएर वाचा गर्यौं कि हामी सबै कुरा पारदर्शी गर्छौं। हामीले सम्पुर्ण अाम्दनी र खर्च सार्वजनिक गरेर अाफ्नो वाचा पुरा गर्यौं,’ उनले भने।

यो खर्च भने केन्द्रीय प्रशिक्षण विभागको खर्चबाहेकको रहेको उनले बताए।

हेर्नुस् खर्च विवरण:

Tha Ka Sa vela

Thakasa Kharcha 02




Leave a Reply

Your email address will not be published. Required fields are marked *