तराईमा सेना परिचालन गर्नुपर्छ : विजुक्छे
नेपाल मजदर किसान पार्टीका अध्यक्ष नारायणमान विजक्छेंले तराई समस्या समाधानका लागि आवश्यक परे सेना परिचालन गर्नपर्नेमा जोड दिएका छन्। बुधबार सञ्चारकर्मीहरुसँंग कुरा गर्दै उनले तराईमा रहेका प्रहरी चौकीहरुलाई कनै हालतमा हटाउन नहुने बताए। तराईको वास्तविक समस्या समाधानका लागि त्यहाँंका गरिव मजदुर किसानलाई योग्यता अनुसारको काम र काम अनुसारको दाम दिनपर्ने उनले बताए ।
अहिलेको नाकावन्दीको अवस्थामा स्थायी सरकारको आवश्यक भएकाले सरकार परिवर्तनको विषय उपयक्त नहुने उनको भनाइ थियो। अहिलेका लागि भारतसँग आत्मसमर्पण नगर्ने सरकार आवश्यक भएको उनको जोड थियो।
Facebook Comment