अझै बलमिच्याँइ गरे थारुहट र मधेश छुट्टै राज्य बन्छ : भानुराम थारु
नयाँ संविधानले आदिवादी जनजाती, थारु र तराई मधेश लगायतका जनतालाई अधिकार नदिएको भन्दै सडकमा आएका आन्दोलनका अगुवाहरुले बलमिच्याईं गरे थारुहट र मधेश छुट्टै राज्य बन्न सक्ने चेतावनी दिएका छन्।
आइबार राजधानीको न्युरोडमा आयोजित ‘नागरीक बिरोधसभा’ लाई सम्बोधन गर्दै थरुहट तराई पार्टी नेपालका अध्यक्ष तथा आन्दोलनका अगुवा भानुराम थारुले भारतले अधिकार नदिँदा पाकिस्तान अलग भएको उदाहरण पेश गर्दै भने, ‘थारुहटले छुट्टै संविधान तयार पारिसकेको छ, अधिकार नदिए छुट्टै थारु देश बनाउँछौं, तराई र लिम्वुवान स्वतन्त्र देश बन्नेछन्।’
अबको केही समयपछी थारुप्रदेशमा समानान्तर सरकार घोषणा गर्न बाध्य हुने भन्दै उनले भने, ‘त्यसपछी यहाँका शासकहरु कहाँ गएर शासन गर्छन् ।’
Facebook Comment