Mahesh Chaudharyमहेस चौधरी– झुट बोल्ने, चिटिङ गर्ने मधेसीहरूको पहिचान हो। एकदिन डाक्टर उपाधि धारण गरेका ‘मधेस का इतिहास’ लेखकलाई सोधे, ‘तपाईँहरूको ‘मधेस’ कहाँ छ भन्दा उनले सहज जवाफ दिए ‘अवध, मगध, विदेह, मिथिला, जनकपुर र सम्पूर्ण भारत वर्ष त हो। बुद्ध पनि त मधेसी थिए। उनका पुर्खा बनारसका ओक्काका हुन्। बनारस मधेसमा पर्छ। भगवान बुद्धले मधेसमा जन्म लिने इच्छा जाहेर गरेका थिए।’ त्यसपछि मैले पुनः प्रसन गरे– ‘भगवान बुद्धलाई ‘मधेस’ अचाक्ली मन पर्थ्यो हगी?’ उनले उत्तरस्वरूप जवाफ दिए, ‘पर्ने नै भयो हाम्रो मधेस त स्वर्ग हो स्वर्ग।’ अन्तमा उनले मुस्कुराउँदै भने, ‘सन् १८६१ मा मात्रै अवधबाट नेपालको नयाँ मुलुक नेपालमा गाभिएको हुनाले थारूहरू नेपाली नागरिक भएको जम्मा ४५ वर्ष मात्र भएको छ।’

जुगल किसोर बौद्धले आफ्नो पुस्तक ‘राजगृह’मा उल्लेख गरेका छन् कि विम्बिसारको प्रथम भेटमा आफ्नो परिचय दिँदै सिद्धार्थले भनेका थिए– ‘मेरो नाम सिद्धार्थ हो। हिमालय (हिमवन्त) को तराईमा एउटा जनपद छ। त्यहाँ कोसल देसवासी ऋजुस्वभावका राजा छन्, जो धन र पराक्रमले युक्त छन्। उनी सूर्यवंशी र शाक्य जातिका हुन्।’ पालीमा लिखित ‘महावंश’ मा उल्लेख गरिएको छ– ‘महामुनि (बुद्ध) महासम्मत राज वंशका थिए। यस महासम्मत वंशले कसया (कुसीनगर उ.प्र.), अयोध्याय, बाराणसी, कपिलवस्तु, हस्तिनापुर, विदेह, मिथिला, राजगृह (पटना), एकचक्खु, वजिरा, मथुरा, अरिठ्ठपुर, इन्द्रप्रस्थ, कौसम्बी, कर्ण गोच्छ, रोजनगर र चम्पामा राज्य गरेका थिए।

मखादेवका वंशमा ८४ हजार राजाहरूले मिथिलामा राज्य गरेका थिए। यस्तै कपिलवस्तुको शाक्य राज्यमा राजा ओक्काकाका जेठ पुत्र ओक्कामुख (उल्कामुख) राजा बने। त्यसपछि उनका ८२ हजार सन्तानहरूले कपिलवस्तु राज्य गरे, अन्तिम राजा जय सेन थिए।’ कपिलवस्तुमा गौतम् बुद्धभन्दा पहिले २७ वटा बुद्ध जन्मिसकेका छन्। तर भर्खर ५–६ हजार वर्षअघि मात्र सिन्धुघाटी छिरेका मधेसीहरूले अवध, मगध, विदेह, मिथिला, कपिलवस्तु हाम्रो हो भन्न कसरी सकिरहेका होलान्?

ब्रायन हडसनले कुनै पनि जातिमा औंलो अवरोधी क्षमता विकास गर्नका लागि त्यो जाति निरन्तररूपमा कम्तिमा ३ हजार वर्षसम्म औंलोग्रस्त क्षेत्रमा बसोबास गरेकै हुनुपर्छ भनेका छन्। औंलो अवरोधी क्षमता थारूमा छ। इतिहास सिरोमणी बाबुराम आचार्यले ‘थारू’ स्थान बोधक सब्द हो। ‘थर’ र ‘तर’ समानार्थी सब्द हुन्। ‘तर’, ‘तराई’, तलहटी एकै अर्थ दिने विभिन्न प्रत्ययबाट बनेका सब्द हुन्। ‘तर’ सब्द संस्कृत र फारसी दुवै भाषामा प्रयोगमा आएका छन्। दुवै भाषामा यो सब्दले पानी–पानीले भिज्ने अर्थ दिन्छ। सबै किसिमले हर्दा थारू यस्तो प्रजाति हो, जो पानीले भिजिरहने ‘तर’ तराई वा धापिलो भूमिमा बस्ने गर्छ भनेर उल्लेख गरेका छन्।

भारतीय इतिहासकारहरूले आदिम प्रारम्भिक युगदेखि अन्तिम हिमयुग वुर्म अर्थात् आजभन्दा ई.पू. १०,००० काललाई प्राग ऐतिहासिक काल मानेका छन्। ई.पू. १०,००० देखि मौर्य कालसम्मलाई आद्य ऐतिहासिक काल र चन्द्र गुप्त मौर्य कालदेखि आजसम्मको युगलाई ऐतिहासिक काल मानेका छन्। ऐतिहासिक काल निर्माणका लागि भाषा विकास र लिपि हुन नितान्त आवश्यक हुन्छ। मौर्य कालसम्म पाली भाषा र ब्राह्मी लिपिको विकास भइसकेको पाइन्छ। चन्द्रगुप्त मौर्यका पुर्खा कपिलवस्तु क्षेत्रबाट मगधको पिप्लीवनमा बसाई सरी गएका थिए। चन्द्र गुप्त मौर्य शाक्य थारू भएको हुनाले उनलाई ‘सकला’ भनिन्थ्यो। पाली भाषा र ब्राह्मी लिपि थारूहरूकै लिपि हो, पाली मगधको राज भाषा हो।

भारतीय इतिहासकारहरूले वैदिक काललाई ऋग्वैदिक काल, उत्तर वैदिक काल, सुत्रहरूको युग, महाकाव्यहरूको युग, धर्मसास्त्रहरूको युग भनेर विभाजन गरेका छन्। धर्मशास्त्रहरूको युगमा ‘मनुस्मृति’ अथवा मानव धर्मशास्त्रलाई हिन्दू विधि अथवा कानुनको रूपमा मान्यता प्रदान गरियो। वि्रटिस राज्यको समयमा पनि अंग्रेजहरूले ‘मनुस्मृति’ लाई कानुनी मान्यता प्रदान गरेका थिए। मध्य देश, मधेस र मधेसी भन्ने सब्द धर्मसास्त्रहरूको युगका कुरा हुन्। तर अलिहे हामी एक्काइसौं सताब्दीमा संविधान सभामार्फत् लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्ष राज्यलाई संस्थागत गर्न गइरहेका छौं। भारतमा अहिले मध्य प्रदेश त छ तर त्यो हिन्दू धर्मावलम्बी मात्र रहेको ‘मनुस्मृति’ ले निर्धारण गरेको ‘मधेस’ होइन।

अहिले भारतमा मधेस कहीँ छैन किनभने भारतमा धर्म निरपेक्ष राज्य स्थापना भइसकेको छ। अहिले नेपालका मधेसीहरूले नेपालको मध्य भागलाई होइन नेपालको दक्षिणी भागमा पर्ने तराईलाई चिटिङ गरेर मधेस हो भनिरहेका छन्। केही लाल बुझक्कड मधेसीहरूले बुद्धिष्ठहरूको चारिकाका लागि स्थापना गरिएको ‘मज्झीम निकाय’लाई समेत हिन्दू धर्मावलम्बीहरूको मधेस हो भन्न पछि परेका छैनन्। यसर्थ ‘मनुस्मृति’ का आधारमा हिन्दूवादी मधेसीहरूको ‘मधेस’ कहा“ हो भनेर बुझ्न जरुरी छ।
 ‘मनुस्मृति’ द्वितीय अध्यायमा उल्लेख गरिएको छ :  
हिमवद्विन्ध्ययो मध्ये यत्प्राग्विनसनादपि।
प्रत्यगेव प्रयागाच्च मध्यदेसः प्रकीर्तितः।।२३।।
अर्थात् हिमालय र विन्ध्याचल पवर्तहरूका बीच, सरस्वती नदीभन्दा पूर्व र प्रयाग (इलाहावाद) भन्दा पसिचम जुन देस स्थित छ त्यसलार्ई मध्यदेस (मधेस) भनिन्छ।
आसमुद्रातु र्वे पूर्वादासमुद्राच्च पसिचमात्।
तयोरेवान्तरं गिर्योरार्यावतँ विदुर्बुधाः।।२४।।
अर्थात् पूर्वी समुद्र (बंगाल खाडी) एवं पसिचमी समुद्र (फारस खाँडी) सम्म र दुवै पर्वतहरू हिमालय तथा विन्ध्याचलको मध्यस्थित प्रदेश छ जहाँ विद्वज्जनहरू निवास गर्छन् त्यो स्थानलाई आर्यावर्त भन्छन्।

उपरोक्त मनुस्मृतिको सलोकबाट के बुझिन्छ भने इलाहावादभन्दा पसिचम अर्थात् दिल्ली वरपर स्थित जुन देस छ त्यसलाई मध्य देश/मधेस भनिन्छ र त्यहाँका बासिन्दालाई ‘मधेसी’ भनिन्छ। त्यहाँ विद्वजनहरू निवास गर्दैनन्, अनार्थहरूले मात्र निवास गर्छन्। मध्य देशभन्दा बाहिरको भागलाई ‘आर्यावर्त’ भनिन्छ र त्यहाँका बासिन्दालाई ‘आर्य’ भनिन्छ, मधेसी भनिँदैन। त्यहाँ विद्वजनहरू मात्र निवास गर्छन्।

यसबाट के निष्कर्ष निस्कन्छ कि ‘मनुस्मृति’ कालमा भारतको दिल्ली वरपरको क्षेत्रबाहेक अन्य भाग अवध, मगध, विदेह, मिथिला, दक्षिण भारत मधेसअन्तर्गत पर्दैन्थ्यो र त्यहाँका बासिन्दाहरू मधेसी होइनन् ‘आर्य’ हुन् अर्थात् मधेस भूभागभन्दा बाहिर बसोबास गर्ने भारतीयहरू पनि मधेसी होइनन् आर्य हुन्। मध्यदेसीहरू मात्र मधेसी हुन् जो विद्वजन होइनन्। मध्य देसका बासिन्दाहरू इसवरवादी हिन्दुयानी हुन् र अवध, मगध बज्जी, विदेह, मिथिलाका बासिन्दा अनिसवरवादी हिनयानी थेरवादी (स्थवीर) हुन्।

मनुस्मृतिको दसम अध्यायमा उद्धृत गरिएको छ :
झल्लोमल्लसच राजन्याद् व्रात्यान्निच्छिविखे च।
नटसच कारणसचैव खसो द्रविड एव च।।२१।।
अर्थात् जो पुत्र ब्रात्य वैसयबाट उत्पन्न हुन्छ त्यसलाई ‘झल्ल’, ‘मल्ल’, ‘निच्छिवि’, ‘नट’, ‘करण’, ‘खस’ र ‘द्रविड’ भनिन्छ। व्रात्य क्षेत्री भनेको व्रत उपासना गर्ने, जातपात, छुवाछुत नमान्ने यज्ञ र कर्मकाण्ड नगर्ने, मधेसभन्दा बाहिरी क्षेत्रको मानिस भन्ने बुझाउँछ। मधेसका बासिन्दा मधेसी भनेझैँ व्रात्य क्षेत्रको बासिन्दालाई व्रात्य क्षेत्री भन्छन्। क्षेत्री भनेको राजपुत होइन। थारूहरू, बुद्धिष्ठहरू मधेसी होइनन् भनेर यही मनुस्मृति सलोकले प्रष्ट पारिसके पछि थारूहरू मधेसी होइनन् भनेर अरू उदाहरण दिनु पर्दैन।

बुद्धले हिन्दूहरूको प्रचलित मान्यताहरूको त्याग गरेका थिए। बुद्धले सदैव अमर आत्मा, परमात्मा, स्वर्ग, नरक, आवागमन, कर्मफल, यज्ञवाद तथा ब्राह्मण वादमा विसवास गरेनन् तथा यिनीहरूलाई झुट र असत्य भने। बुद्धले वेद, उपनिषद र ब्राह्मण ग्रन्थहरूको मान्यतालाई समेत मानेनन्। उनले म ईश्वरको अवतार होइन समेत भनेका छन् भने उनका सन्तान र धर्मावलम्बी हिन यानी थेरवादी (स्थविर) जनजाति थारूहरू कसरी कट्टरपन्थी, वर्णवादी, जातिवादी, इसवरवादी, मधेसी हुन सक्तछन्?
बौद्ध वांगमयमा ल्केसहरूबाट सर्वथा टाढा रहनेहरूलाई ‘आर्य’ भन्छन् र सबै प्राणीहरूको लागि परम् हितकारी एवं कल्याणकारी वचनलाई सत्य भन्छन्।

गौतम बुद्धको उपदेसअनुसार आर्य भनेको उत्तम, पवित्र र सत्य अर्थात् जहिले पनि सत्य अथवा सही सावित भइरहने, निर्मल चित्त भएको व्यक्तिलाई ‘आर्य’ बुझाउँछ। बहुजन हिताय र बहुजन सुखायको भावना भएको व्यक्तिलाई आर्य भनिन्छ। ज्ञानवान, प्रज्ञावान, सीलवान व्यक्तिलाई ‘आर्य’ भनिन्छ। अंग्रेजीमा आर्यलाई ‘नोबल्’ भन्छन्। जुन व्यक्ति अति चरम सीमाहरू कामसुख र सरीरलाई अतिकस्ट दिएर तपस्या गर्ने कार्यलाई त्यागेको हुन्छ त्यसलाई आर्य भन्छन्।

जुन व्यक्ति ठीक धारणा, ठीक विचार, ठीक बोली, ठीक कर्म, ठीक आजीविका, ठीक प्रयत्न, ठीक स्मृति, ठीक एकाग्रता अर्थात् आर्य अस्टाङ्गिक मार्ग अपनाएको छ त्यसलाई आर्य भनिन्छ। जुन व्यक्तिले संसारमा दुःख छ भन्ने कुरा बुझेको छ, दुःखको कारण, त्यसबाट छुटकारा पाउने उपाय र मार्ग अर्थात् चार आर्य सत्य बुझेको छ त्यसलाई ‘आर्य’ भन्छन्। चार आर्य सत्यलाई जान्नेलाई ‘बुद्ध’ भनिन्छ भने त्यसको विपरीत चार आर्य सत्यलाई नजान्नेलाई ‘बुद्धु’ भनिन्छ। चार आर्य सत्य प्राप्त गर्ने अथवा मुक्त हुनेलाई ‘आचार्य’ भनिन्छ। थारूहरू ‘आर्य’ हुन् र साथै ‘आचार्य’ हुन्।

कौटिल्य (चाणक्य)ले आफ्नो अर्थशास्त्रको पुस्तकमा ‘आर्य’ शब्दको राजनीतिक शब्दावलीमा ‘नागरिक’को अर्थमा प्रयोग गरेका थिए। यसबाट के बुझिन्छ भने आर्यावर्तमा आदिवासी नागरिकहरूको बसोबास गरहेको छ भने मध्य देशमा अनार्य अर्थात् बाहिरबाट बसाई सरी आएका अनागरिक/आप्रवासी मधेसीहरूको बसोबास रहेको बुझिन्छ। स्मरण रहोस् सन् १९४७ सम्म मधेसीहरू अंगेजी नागरिक थिए। १९४७ अर्थात् ६७ वर्ष पहिले भारत स्वतन्त्र भएपछि मात्र मधेसीहरू भारतीय नागरिक बन्न पुगेका हुन्।
आर्यावर्तका बासिन्दा विपरित मध्य देसका बासिन्दाहरू चाँर आर्य सत्ता बुझेकै छैनन्, आर्य अष्टाङ्गी मार्ग अपनाउँदैनन्, बुद्धका उपदेश बुझेकै छैन त्यसैले उनीहरू बुद्ध धर्मको विरोध गर्छन्। बुद्ध ग्रन्थलाई जलाउँछन्, वर्ण व्यवस्था जातपात, छुवाछुत, उचनीचको भावना राख्छन्। दुष्ट चित्त भएका छन्, बहुजन हिताय र बहुजन सुखायको भावना राख्दैनन्।

यज्ञमा मानव बलि दिन्छन्, सुरा–सुन्दरीमा लिप्त हुन्छन्। ज्ञानवान, प्रज्ञावान, सीलवान छैनन् यस्ता व्यक्तिहरू मध्य देशमा बसोबास गर्छन् भन्ने मनुस्मृतिकारहरूको धारणा रहेको छ। उदाहरणका लागि हेरौं काठमाडौंको फुटपाठमा माग्ने लुला, लङ्गडा, लफङ्गा, अन्धा, नङ्गा, माग्नेहरू, चोर चण्डाल, बगलीमारा, अपराधीहरू सबै मध्यदेशका प्रोडक्ट हुन्। थरुहटको यस्तो प्रोडक्ट एक जना पनि फेला पार्न सकिँदैन अनि थारू र मधेसी कसरी एउटै हुन सक्तछ?

लेखक ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’, ‘स्थविरहरूको प्राचीन इतिहास र संस्कृति’ र’Hidden Treasures of the Low Land Nepal’ का लेखक हुन्।




One thought on “‘झुट र चिटिङ’ मधेसीहरूको पहिचान

  1. ‘झुट र चिटिङ’ एउटा सिंगो समुदायको पहिचान हो भन्नु मुर्खतापूर्ण तर्क हो । समप्रदायिक तर्क हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *