थरुहट तराई पार्टी नेपालले आफ्नो दुई जना केन्द्रीय सदस्यलाई बर्खास्त गरेको छ। गुपचुपरुपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको थरुहट तराई लोकतान्त्रिक परिषद्‍मा प्रवेश गरेको भन्दै बर्खस्त गरेको पार्टीद्वारा जारी विज्ञप्तीमा लेखिएको छ। बर्खास्ती हुनेमा कैलालीका रामप्रसाद चौधरी र बाँकेका महेन्द्रप्रसाद चौधरी छन्। उनीहरु दुबै गुपचुपरुपमा थरुहट तराई लोकतान्त्रिक परिषद्‍मा। प्रवेश गरेको र पार्टी हकहित, विधिविधान, घोषणापत्र र नीतिनियमविरुद्ध कार्य गरेको भन्दै थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तिमा लेखिएको छ। 

विज्ञप्ती हेर्नुस्Press Statement  of Ram prd Tharu




Leave a Reply

Your email address will not be published. Required fields are marked *