काठमाडौं- सरकारले आइतबार प्रस्तुत गरेको बजेटमा निजामती कर्मचारी, सैनिक, प्रहरी, शिक्षकलगायत सबै कर्मचारीको तलबमानमा १८ प्रतिशत वृद्धि गरेको छ भने सबै कर्मचारीका लागि समान रु एक हजार भत्ता दिने निर्णय गरेको छ। अर्थमन्त्री शङ्कर कोइरालाले आज प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७०/७१ को बजेटमा सो वृद्धि गरेको जनाइएको छ। कर्मचारीको स्वाथ्य बिमा रु पाँच लाख गर्नुका साथै कर्मचारीका पति वा पत्नी, १८ वर्षसम्मका छोराछोरी दुर्घटनामा परेमा वा तीन दिनभन्दा बढी बिरामी भई अस्पताल भर्ना भएमा बिमा मार्फत उनीहरूको उपचार खर्च व्यहोर्ने बजेटमा उल्लेख छ।

कर्मचारीको अन्य सुविधाका सन्दर्भमा अध्ययन गर्न विज्ञहरू सम्मिलित कार्यटोली बनाइने पनि बजेट भाषणको क्रममा अर्थमन्त्री कोइरालाले बताए। रासस Talab




Leave a Reply

Your email address will not be published. Required fields are marked *