Holi at Chitwan-4चाँदनी हमाल, चितवन- पश्चिम चितवनमा पर्ने दिव्यगरको भगडी बस्ती। वर्षायाममा नजिकैको नारायणी सुसाएर गाउँ पस्ने भए पनि हिउँदमा बालीनाली लगाइन्छ। त्यहाँका बासिन्दाको दैनिकी त्यति सहज छैन। मध्याह्नको चर्को घाममा सेतो फरिया, कालो चोली अनि थारु गहनाले झकिझकाउ थरुनीहरू बस्तीको बीचमा रहेको आगनीमा नाच्दै थिए। तातो हावाको वेगमा थारु संस्कृतिको अनुपम नमुना फगुवा रंग चम्किँदै थियो। एक अर्कामा सद्भाव बाँड्दै मायाको रंग दलादल गरेर फागु मनाउँदै छन्। सहर–बजारमा फागुको चहलपहल हुन बाँकी रहे पनि थारु बस्तीमा यसको चहलपहल बढेको थियो। ठगमनिया महतो फगुवा गीत गाउँदै थिए। विफल महतो गीतकै चालमा ढोलक बजाउँदै थिए। विनोद महतो र जीवन महतो पनि ढोलक र झर्रा बजाउँदै गीत गाएर उनीहरूलाई साथ दिँदै थिए।
गीतमा देवर–भाउजूको छेडछाड थियो। देवरले भने, ‘जनकपुरके माडा मोर शोहती भौजी मोHoli at Chitwan-2र शोहती भादौ मे पेहर पेहरवे भौजी कादो लगती, वैशाखमे पेहरवे भौजी मोर शोहती।
अर्थात् हातमा लाउने बाला अतिसुन्दर छ। भदौमा लगाए हिलो लाग्छ भाउजू ,वैशाखमा लगाए अति सुहाउँछ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तीर्थबहादुर थापा पनि उक्त माहोलमा रमाइरहेका थिए।
आफ्नी भाउजू र तरुनी थारु युवतीले लाउने गरगहनाको वर्णन गर्दै फगुवा गीतमा रमाइलोे गरिन्छ। युवतीहरूलाई गोरी बठनिया भनेर सम्बोधन गर्दै आफूतिर आकर्षित गर्ने परम्परा थारु फगुवामा पाइन्छ। ‘रमाइलो गर्ने गीत मात्र हैन, हामी भगवान कृष्ण, शिव, राम, हनुमान आदिको वर्णन गर्दै फगुवा मनाउँछौ,’ ठगमनियाले भने, ‘यसमा तरुनी तन्नेरीदेखि वृद्धवृद्धा सबैले स्थान पाउँछन्।
शिवजीको तीन चेला थारुले नाच्दा बोक्ने लाठीको महत्‍व सम्झाउँदै ७० नाघेका थनुराम महतोले भने, ‘शिवजी आफैंले होलीका लागि तयार पारेको चीर जलाएपछि ती लाठीहरूले बाहिर निस्केर रमाइलो मनाए। भगवानकै सिको गरेर राक्षसनी होलिकाको प्रतिमूर्तिका रूपमा कालो कुखुराको अन्डा, एउटा चल्लो चीरभित्रै राखेर होलिका दहन गर्छौ। त्यही चीरको वरिपरि अन्तिम दिन खुसीयाली मनाउँछौ।
हिउँदको अन्त्यसँगै वर्षालाई स्वागत गर्न थारु समुदायले फगुवा मनाउने गरेको उनले बताए। ‘फागु आउनुभन्दा १० दिनअघि नै हरेक दिन फगुवा मनाउँछौं,’ धनकुमारी महतोले सुनाइन्, ‘दिनभर नाच्छौं, हरेक राति पालैपालो घरघरमा गएर चिचर हाँसको मासु खान्छौं।’ थारु समुदायले मनाउने फागु पूर्णिमाको सांस्कृतिक महत्व बुझ्न आएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको टोलीले फगुवासँगै महिलाको जितियाको झाम्टा नृत्य रेकर्ड गर्‍यो। थारु संस्कृति, प्रथा, परम्परा, भेषभुषा आदि संरक्षण गर्दै भावी पुस्ताका लागि अभिलेख राख्ने उद्देश्यले प्रतिष्ठानको टोली चितवनको थारु गाउँ आएको हो। नेपाली कला, संस्कृति लोप हुँदै गएका बेला प्रतिष्ठानले संरक्षणको प्रयास थाल्नु महŒवपूर्ण उपलब्धी भएको लोकदोहोरी प्रतिष्ठान चितवनका सदस्य बुद्धिसागर न्यौपानेले बताए।Holi at Chitwan-3
नेपाली कला संस्कृति विश्वमै उत्कृष्ट भए पनि यसको तथ्यांक र अभिलेख नरहेकाले संकलन गर्न थारु गाउँ पुगेर अभिलेख राख्न थालिएको प्राज्ञ थापाले बताए। ठाउँ–ठाउँका संस्कृतिमा विचलन भित्रिएको भन्दै देशका विभिन्न गाउँको थारु संस्कृति र कला संकलन गरिएको उनको भनाइ छ। संस्कृतिको खोजी थालेको प्रतिष्ठानले पश्चिम नेपालको जिल्ला सकेर मंगलबार चितवन हुँदै पूर्वी नेपालतर्फ अभियान थालेको छ। यसअघि प्रतिष्ठानले चेपाङ लगायत विभिन्न आदिवासी जनजातिको कला, संस्कृति अभिलेखका लागि संकलन गरिसकेको थापाले जानकारी दिए।
तीन वर्षअघि नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानलाई विधागत रूपमा छुट्याएर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल भाषा साहित्य प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान बनाइएको हो। Holi at Chitwan-1




Leave a Reply

Your email address will not be published. Required fields are marked *