सन्तोष दहित- नेपालको कुल जनसंख्याको आधारमा चौथो स्थानमा रहेको थारु जाति नेपालको आदिवासी जनजाति मध्ये प्रमुख जाति हुन। पुर्व मेचि देखि पश्चिको तराइसम्म फैलिएर बस्दै आएका छन्। खासगरी झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहत, वारा, पर्सा, चितवन, नलपरासी, रुपेन्दही, कपिलवस्तु, दाङ, वाँके, वर्दिया, कैलाली, सुर्खेत पश्चिमको कञ्चनुपुर जिल्लामा विशेषगरी थारु जाति वसोवास गर्दै आइरहेका छन्। थारु जातिको मुख्य वसोवास दाङ जिल्ला रहेता पनि त्यतिखेरको सामन्ति र शोषकहरुको अत्याचार र दमन सहन नसकी ‘बुरान’ वाँके, वर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत हुँदै पूर्व झापासम्मको तराईमा रहेका जिल्लामा थारु जाति छरिएर वस्दै आएको पाइन्छ। अहिले ति सबै जिल्लामा थारु जातिको बाक्लो उपस्थिति छ। थारु जातिको आफ्नै छुट्ट किसिमको मौलिक भाषा, सस्कृति भेषभुषा, चालचलन, तथा रितीरिवाज रहेको थारु जाति हो। सांस्कृतिक रुपले पनि नेपालको सवैभन्दा धनि जातिको रुपमा चिनिन्छन थारु जाति। थारु जातिको मुख्य पेशा कृर्षि भएता पनि अहिले भने सुस्त सुस्त यो पेशा छोडेर नयाँ पेसा अंगाल्दै आएको पाइन्छ।

थारु जातिको ग्रामीण क्षेत्रमा आफ्नै सांगठनिक संरचना छ। सामूहिक भावाना बोकेको थारु जाति नेतृत्वको आधारमा पनि उतिकै अनुशासित रहेको पाइन्छ। त्यसैले होला सिंगो गाँउको एक जना मात्र व्यक्तिले अगुवाई गर्दै आएको पाइन्छ। ति हुन महटवा, वरघर, भलभन्सा। महटवा, वरघर, भलभन्सा भन्ने शव्द फरक –फरक भए पनि काम भने एउटै हो। दाङमा महटवा भन्छन भने वाँके, वर्दियामा वरघर त्यसैगरि कैलाली र कञ्चनपुरमा भलभन्सा भनिन्छ। महटवाहरुले मलामी देखि लिएर गाँउको विकास सम्मको अगुवाई गर्दै आएको पाइन्छ। यति मात्र नभएर उनिहरुले गाँउको न्यायधिसको भूमिकासमेत खेल्दै आएको पाइन्छ। तर थारु समुदायको परम्परागत महटवा प्रथा अहिले हराउदै गएको छ अर्थात् विघटन भएको छ। केही वर्षअगाडि मात्र थारु गाँउमा गाँउका सम्पुर्ण विकासको लागि महटवाले योजना वनाउदै आएका थिए। यसैगरि गाँउघरमा कसैको घरमा मान्छे मरेको छ भने त्यो लासलाई जलाउने कि गाडने अर्थात् कुन ठाँउमा लाने सवै महटवाले भने वमोजिम हुने गरेको थियो। गाँउमा घर छुटिने बेला, कसैको विहे गर्ने वेला होस या झैगडा भएको वेला सवैकाम महटवाले मिलाउदै आएको थिए। त्यतिबेला महटवाले बोले पछि गाँउको मान्छे केहि नवोलेर महटवाले भनेको काम गर्नुपथ्यो। निकै अनुशासन नियम लागु गरिएको हुन्थ्यो थारु गाँउमा त्यतिवेला। त्यो पनि गाँउका सबै अगुवा “गरधुर्‍या” हरुले मिलेर वनाएको कानुन हुन्थ्यो। वर्षमा एकपटक छानिने महटवालाई एक वर्षको कार्यकाल हुनेगरेको थियो। थारु समुदायले आफ्नो नया वर्षको अवसर पारेर अर्थात् प्रत्येक वर्षको माघ महिनाको १ गतेका दिन महटवा छान्ने काम गर्थे। थारु समुदायमा महटवा छान्ने बेला जहिले पनि प्रजातान्त्रिक पद्धतिबाट चयन गरिन्थ्यो। त्यही महटवा छान्ने बेला महटवालाई त्यो अधिकार दिइन्थ्यो। थारु समुदायमा प्रत्येक वर्ष माघ १ गतेको दिन वर्षभरिको कार्ययोजना तथा वितेका वर्षको समिक्षा गर्ने गर्छन्। हरेक पूजा आजा देखि लिएर गाँउका बाटो घाटो मर्मत, सिचाई सम्मको पनि महटवाले हेर्दै आएका थिए। यतिमात्र नभएर गाँउको कुनै मान्छे विरामी भए पछि महटवाले ऋण खोजिदिनुपर्ने, अप्ठयोरो परेको वेला वेगारी “मद्दत” पठाइदिने जस्ता काम महटवाले गर्दे आएका थिए। महटवालाई सघाउनको लागि दुइ जना अरु व्यक्तिलाई पनि महटवा छानेको दिन छानिने गरिन्छ। जस्तै अगुवा ‘अघवा’ र चौकिदार ‘चौकिडर्‍वा’ यी दुइ जनाको सहयोगमा सिंगो गाँउ महटवाले हाँक्नुपर्थ्यो। त्यति वेला महटवाको दाहिने हातको रुपमा ‘अघवा’लाइ चिनिन्थ्यो भने वाँया हातको रुपमा चौकिदार लाई चिनिन्थ्यो। तथापी ति दुवैजनालाई भने सम्मान व्यवहार गरिन्थ्यो। अघवाको काम महटवाले वैठक, छलफल कार्यक्रम राखेपछि गाँउको अगुवा अर्थात ‘गरधुर्‍या’हरुलाई खवर गर्ने, त्यसैगरि गाँउको कुनै नया योजना आयो भने गाँउमा जानकारी दिने जस्तै नेपाल सरकारको सञ्चारमन्त्रि जस्तै काम गर्नुपर्थ्यो। त्यस्तै वाटो मर्मत गर्नुपर्ने खण्डमा, कुलो सिचाइ गर्नुपरेमा, वाँध वान्नुपरेमा गरधुर्‍याहरुलाई काममा लगाउने जस्ता “अघवा” को काम हुने गरेको थियो। त्यसैगरि चौकीदारको काम गाँउको रेखदेख गर्ने, अन्नवालि हेर्ने, सम्पूर्ण गाँउको सुरक्षाको काम चौकीदारले गर्थ्ये जस्त हाल नेपाल प्रहरीले गरेको जस्तै काम चौकीदारको काम हुनेगरेको थियो।

महटवालाई अर्को शब्दमा भन्दा हाल गाविसको सचिव अर्थात त्यतिखेरको प्रधान भन्दा केहि फरक नपर्ला। तर आजभोली त्यो प्रथा भने थारु समुदायमा हराउदै गाएको छ। खासगरि तत्कालिन नेकपा माओवादीको शसस्त्र द्धन्दकालबाट थारु समुदायमा महटवा प्रथा हराउदै गएको थारु अगुवाहरुको मुख वाट सुन्न पाइन्छ। यति महत्व वोकेको महटवा प्रथा हराउदा थारु वस्ती रहेको गाँउमा सारा विकास देखि अन्य काम समेत अहिले अस्त व्यस्त रहेको पाइन्छ। पहिले महटवा हुदा सवै महिनौ दिन लाग्ने काम एकै हप्तामा सकिन्थ्यो। त्यसैगरि महटवा हुदा गाँउको सुरक्षा, गाँउको रेखदेखदेखि लिएर पूजाआजामा पनि निकै राम्रो हुने गरेको थियो तर अहिले त्यो अवस्था छैन। जुन कारणले थारु समुदायमा गरिने मौसम अनुसारको पूजाआजा समेत हराउदै गएको छ। त्यसैगरि मौसम अनुसार गाइने गित, नाचहरु पनि लोप हुने अवस्थामा छन। गाँउको साझाको रुपमा रहेको देउठन्वाहरु भताभुंग हुने अवस्थामा छन्। गाँउको कुला नाला धास्सिएका छन्।

त्यसैले यी अवस्थालाई व्यवस्थित गर्नको लागि पनि हाल विघटन भएको महटवा प्रथा पुनस्थापना गर्न जरुरी रहेको देखिन्छ। यदि महटवा प्रथालाई पुनस्थापना गर्न सक्ने हो भने थारु जातिहरुको ठुलो पहिचान हुन सक्छ। यति मात्र नभएर आउने भाबी पुस्ताहरुको लागि अध्ययनको विषय वन्न सक्छ। त्यसैले पनि राज्यले महटवाहरुलाई सक्रिय वनाउनको लागि राज्यको हरेक तहतप्कामा सहभागि गराउन जरुरी रहेको छ। केन्द्रिय स्तर देखि स्थानिय स्तरसम्म किन नहोस अनिवार्य रुपमा महटवाहरुको प्रतिनीधित्व गराउन आवश्यक छ। स्थानिय स्तरमा त झन महटवाहरु विना कुनै पनि काम अगाडी वढन् सक्दैन। अहिले थारु समुदायको आर्थिक, सामाजिक, र राजनीतिक विकासको लागि महटवा प्रथालाई निरन्तरता दिन जरुरी रहेकोछ। यस विषयमा राज्यले महटवा प्रथालाई पुनस्थापनामा ल्याउनको लागि ठोस योजना वनाएर महटवा कार्यक्रम ल्याउन जरुरी रहेको छ।ssantosh851@gmail.com

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *