सन्तोष दहित- घोराही नगरपालिकादेखि ६ किलोमिटर पश्चिम दक्षिण सौडियार गाविस –९ सिसहनियामा ठूलो बस्ती छ। दुई सय भन्दा धेरै घरधुरी रहेको सिसहनिया गाँउमा दुईचार घर बाहेक सबै थारू समुदायको बसोबास छ। त्यही गाँउको दक्षिणतिर खोलाछेउमा नमुना थारू ग्राम छ। परम्परागत शैलीमा पाँच वटा ‘बाँरा’ घर निर्माण गरिएको छ। घरको उत्तरतिर दुईवटा पोखरी छन्। जसमा माछा पालन गरिएको छ।

घरको पूर्वतिर सानो वन छ। पश्चिमतिर करेसाबारी छ। त्यहाँ बेमौसमी तरकारी खेती हुन्छ। त्यहाँ पुग्ने जो कोहीलाई थारू बस्तीमा गएको महशुस हुन्छ। हरेक बस्तु थारू परम्पराबाट समेटिएको छ। थारू समुदायका पुर्खा बस्दै आएको पुरानो ‘बाँरा’ घरलाई उतारिएको छ। भित्तामा पुर्खाले निर्माण गरेको हाते चित्र हात्ती, मयूर, माछा लगायत माटोले बनाएका छन्। जुन घरलाई नमुना थारू ग्राम भनि जिल्ला विकास समितिले घोषणा गरेको छ। त्यो नमुना थारू ग्राममा जाने अधिकाशंलाई पक्कै पनि थारू पुर्खाको याद आउँछ। त्यसैगरी त्यहाँ थारू जातिको ‘सैदान’ पहिचान देख्न पाइन्छ। थारूहरूको पहिचानलाई मात्र नभएर दाङ जिल्लालाई पर्यटकीय रूपमा चिनाउन ठूलो मद्दत पनि गरेको छ नमुना थारू ग्रामले।


नमुना ग्राममा थारूको परम्परादेखि चल्दै आएको चालचलन, रीतिरिवाज, खानपिन, पूजाआजा, नाचगान देख्न पाइन्छ। त्यहाँ थारू परम्परादेखि बस्दै आएको घर पनि पुरानौ शैलीमा बनेको छ। घरभित्र ‘वहरी’ बैठक कोठामा धान कुट्ने ढेकी, दाल पिस्ने चकिया, माछा मार्ने हेल्का, जाल, माछा बझाउने खोङ्ग्या, माछा राख्ने डेल्का, त्यसैगरी पुर्खालेे प्रयोग गर्दै आएका अन्य सामग्री समेत राखिएको छ। यसैगरी बैठक कोठाको उत्तरतिरको भित्तामा जन्माकृष्ण अस्टमीको दिन टिक्नको लागि रामकृष्णको फोटोसहित विभिन्न चित्रहरू रंगिन कलरमा देख्न पाइन्छ। सुत्ने कोठामा लुगा राख्न पुर्खाले प्रयोग गर्दै आएको ‘भौका’ माथी टांगिाएको छ। त्यही घरमा आवासिय रूपमा जाने पर्यटकलाई बस्ने, सुत्ने व्यवस्था गरिएको छ। नमुना थारू ग्राम देखाउन मात्र नभएर व्यवहारमा समेत ल्याएको छ।
नमुना थारू ग्राममा पर्यटकका लागि थारू परिकारकको पनि व्यवस्था छ। थारू परिकारकारमा मकै डर्‍या) भात, चामल (उज्जर) भात, दाल, सिन्की, कप्वा, माछा, गोलो (गुल्यह्ार) घोङ्गी, लामो (नम्मा) घोङगी, गंगुता, सुंगुरको मासु, लोकल चल्लाको मासु, लगायतकोे खानपिन उपलब्ध हुन्छ। त्यसैगरी चिसो मार, तातो मार, जाँरक झोल, अन्दी जांरको झोल, छावेके (छब्वा) जाँर, गिजलेको (हिहोर्‍वा) जाँड, रक्सी समेत पाइन्छ। त्यति मात्र नभएर पर्यटकको माग अनुसार बजारमा पाइने फरक फरक खानपिनको पनि व्यवस्था हुन्छ। थारू ग्राममा आवासिय रूपमा जाने पर्यटकलाई विभिन्न किसिमको नाच पनि देखाइन्छ, जस्तै मघौटा, छोक्रा, हुरदुँख्ग्या, सख्या, दसंैको पँैया आदि।
यो नमुना ग्रामबाट पक्कै पनि थारू जातिको एउटा पहिचान र अस्तित्व काययम गर्दै अरूलाई पनि थारू जातिको परिचय दिएको छ। यति मात्र नभएर नमुना थारू ग्राममा थारू समुदायको रहन सहन, लवाइखवाईदेखि थारूबारे अध्ययन गर्ने माध्यम पनि बनेको छ। यसबाट थारू समुदायका नयाँ पुस्ताले आफ्नो समुदाय र पुर्खाबारे बु‰ने मौका पाएका छन्। पछिल्लो चरणमा थारू भाषा, भेषभुषा, संस्कृति लोप हँुदै गइरहेको बेला सिसहनिया गाँउका थारूले आफ्नो संस्कृति बचाउन लागिपरेका छन्। जिल्ला विकास समितिले पनि थारू संस्कृति संरक्षणका लागि सहयोग गरेको छ।


नमुना थारू ग्राम व्यवस्थित रूपमा संचालन गरिएको भए पनि यसको प्रचारप्रसार नहुँदा यसबाट धेरै लाभ लिन सकिएको छैन। टाढाटाढाबाट पर्यटकहरू आए ग्रामीण अर्थतन्त्रलाई टेवा पुग्ने थियो। यसले समग्र जिल्लाको नै विकास हुनेथियो। यहाँको नमुना ग्राम थारू समुदायबारे खोज अनुसन्धान गर्न चाहने देशी विदेशी अनुसन्धानदाताका लागि समेत उपयुक्त गन्तव्य हुनसक्छ।
यहाँ ठेट थारू समुदायको परम्परामा देखाउन केही काम गर्न अझै बाँकी छ। आर्थिक अभावका कारणले केही काम बाँकी भएको छ। यसबारे यहाँका सरोकारवालाले ध्यान दिनुपर्छ। थारू संग्रालयको स्थापना गरी होमस्टे संचालन गर्न सके धेरै राम्राृ हुनेथियो। पर्यटक पनि बढ्ने थिए।
लेखक लौव अग्रसान साप्ताहिकका सम्पादक हुन्।

 

नागरिक पश्चिमेलीबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *