परिवर्तित जितियाको पहल
गीताचौधरी (थारु)– मध्य र पूर्वी तराईमा बसोबास गर्ने समुदायका महिलाले मनाउने जितिया पर्व महान चाडका रुपमा मनाउने र्गछन्। यो पर्व मामहिलाहरु आफ्ना सन्तान तेजस्वि, पराक्रमी, महान तथा स्वास्थ्य दिर्घायु र प्रगति उन्नतिका लागि चौबिस घण्टा निराहार ब्रत बस्ने र्गछन् र पारण (उपवास खोल्ने समय) पात्रोमा ब्रतको भोलिपल्ट बेलुका छ भने बेलुकामात्रपारण गरिन्छ। यँहा कसैको आस्थार बिश्वासप्रतिनिरादर छैन तर के साच्चै जितिया ब्रत गर्नेको सन्तान हरेक तहतप्कामा पुगेका छन्? महिलाहरु भोकभोकै बस्दा उनका सन्तान प्रगति गरेका छन्? ग्रह दशाहरु टरेका छन? उनका सन्तानहरुको अल्पायुमा मृत्यु भएको छैन? अहिलेका युवा पुस्ताले अवलोकन र समिक्षा गर्नुपर्ने भएको छ। सन्तानको प्रगति मिहेनेत, शिक्षा, स्वास्थ्य र असल संस्कारले हुन्छ। जुन भोकभोकै रहेर हुँदैन। ब्रतको दिन बेहोस भएर अस्पतालमा भर्ना सम्मभएको घटना नसुनेको होइनौं। परम्परा र संस्कृतिको नाममाआफ्नो स्वास्थ्यसँग खेलवाड नगरौं र जितिया पर्वमा पानी तथा फलफूलको सेवन गरी यस पर्वलाई अझ बढी उल्लासमय वातावरणमा मनाउने हो कि? भन्छिन् रेडियो नेपालमा कार्यरत विनिता चौधरीले।
जितिया पर्वको नियम र विधि र उपवासको समय अधिक भएकाले यो पर्वप्रति आधुनिक महिलाहरुको रुचि घट्दै गएको देख्न सकिन्छ। जितिया पर्वको अवसरमा थारु महिला समाज नेपाल र थारु महिला सभाद्धारा पर्यटन बोडमा गरिएको पत्रकार सम्मेलनमा जितिया पर्वलाई आउने भावी पुस्ताको महिलाले पनि गर्नका लागि यो पर्वमा पनि पानी वा फलफूल, दुधको सेवन गर्न सुरुवात पो गर्ने हो कि? भन्दा आजसम्म यस्तो भएको छैन। स्वास्थ्यको पक्षबाट हेर्दा भोकभोकै बस्नु नराम्रै हो तर सुरुवात कसले गर्ने? भन्ने प्रश्न छ। दन्त कथाअनुसार जितिया ब्रत बसेको चिल र स्यालमध्ये स्यालले भोक खप्न नसकेर मासु खाइदिएकाले उसको सन्तानजति जन्मे पनि सबै मर्दै जान्छन् र चिलको भने बाचेका हुन्छन्। यही धार्मिक कथाअनुसार आज पनि निराहार ब्रत बसिन्छ। भर्खरै मात्रै नारीहरुको महान चाड तिज सकेको छ। तिजमा पनि पानी खाए श्रीमानको रगत खाइन्छ भन्ने धारणालाई पछ्याउनेको जमात पनि बहुसंख्यक छ। तर, आजको समयमा पानी जुस तथा फलफूलखाएर तिजको आनन्द लिने पनि कम छैनन्। कसैको देखासिकी गरौं भन्ने धारणा मेरो होइन तर समयनुशार आजको युवा पिढीमा जितियाको निरन्तरता र स्वास्थ्यको लागि परिर्वन ल्याउने कि? कुनै संस्कृति या कसैको आस्ताप्रति मेरो प्रहार छैन।
तराईलगायत राजधानीमा पनि थारुहरुको वर्चस्व रहेको स्थानमा जितिया पर्वमा रमाउनेहरु गुनगुनाउन सुरु गरिसकेका छन्।
चल हे बहिनाआशिनके महिना,
मिलजुलके जेबै नैहर गाम हे बहिना,
छोइडदियौ घरके काम हे बहिना
जितिया पर्वमा गाइने यस्ता गितले तराईलगायत राजधानी पनि गुन्जाएमान भएको छ। विनिता चौधरी राजधानीमा तराईबासी महिलाको एक प्रतिनिधिमात्र हुन्। व्यवसायिक कार्य व्यस्तताले घर जान नपाएका थुप्रै तराईबासी महिलाले उत्तिकै उल्लासका साथ राजधानीमा यो पर्व मनाउँछन्। बहुसंख्यक तराईबासी महिलाले दसैं सुरु हुनुभन्दा साताअघि मनाउने यो पर्वबारे थाहा नपाउने कमै होलान्। तराईमा जितिया पर्व सबैले मनाउने भए पनि यो आदिवासी थारु जातिको प्रमुख चाड हो।
ब्रतअवधि सालै पिच्छे फरक हुने गर्छ। एक दिन एक रातको साथै भोलिपल्ट पारण ब्रतअन्तगर्ने समय को साईत फरक हुने भएकाले यसले ब्रतालुहरुको समय लम्बिन्छ। निराहार ब्रत बस्नु पर्ने भएकाले हिजोआज आधुनिक तथा कामकाजी महिलाको रुचि कम हुँदै गए पनि जितमहानप्रतिको आस्था र विश्वास घटेको पाइँदैन्।
जितिया आश्विन कृष्णपक्ष अष्टमीको दिन मनाइन्छ। यस पर्वमा सुर्य पुत्र जितमहान भगवानको पूजा गरिन्छ। जितमहान परमक्रमी र तेजस्वी थिए। सन्तान पनि जितमहान जस्तै पराक्रमी र तेजस्वी बन्ने धार्मिक विश्वासले निराहार ब्रत बसी जितमहानको पूजा गरिन्छ। यो पर्व तीन दिनसम्म मनाउने प्रचलन छ।
पहिलो दिन जसलाई नहाई खाई भनिन्छ। नदी वा पोखरीको घाटमा गएर पिना तेल र माटोले नुहाउने गरिन्छ। त्यस दिन विशेष पकवानहरु खाने गरिन्छ। दोस्रो दिन सुरु हुनुभन्दा अघिल्लो रात घरका सदस्यहरु ओटघन (दर) खानलाई जाग्राम बसेका हुन्छन्। यो पर्व तराईबासी महिलाको तीज हो। तीजमा जसरी माइत गएर श्रीमानको दीर्घायुका लागि निराहार ब्रत बसिन्छ, त्यसैगरी जितियामा सन्तान र परिवारको दीर्घायु र सुस्वास्थ्यका लागि निराहार ब्रत बसिन्छ। यो ब्रत बस्नाले सन्तानमाथि आइलाग्ने विपत्ति र ग्रहदशा नाश हुने जनविश्वास छ।
यो पर्वको अर्को रोचक पक्ष भनेको जितियाको व्रत बस्न चाहने महिलाहरुले जहिले मन लाग्यो उहिले सुरु गर्न पाउँदैनन्। जुन वर्ष खरबार शनिबार, आइतबारको दिन पर्छ त्यहीँ वर्षबाट मात्र व्रत सुरु गर्नुपर्छ। व्रत माइती घरमै सुरु गर्नुपर्छ। यसका लागि दिदीबहिनीलाई माइती पक्षबाट लिन आउने चलन छ। छरछिमेकका सबै साथीसंगी माइती आउने हुनाले वातावरण नै उल्लासमय हुन्छ। कति चेलीहरु माइत जान नपाउँदा यसरी दुखेसो पोख्छन्-
जहियासे पियामोरा (मलाई) देलकै सिनुरवा
वहिरे दिनसे नैहरा भेलै सपनवा
पर्वको दोस्रो दिन बिहानै नुहाएर पूजाको तयारी गरीन्छ। डाला, अक्षता, फल, फूल, कर्कला, घिरौंला, तुलसी र पानको पात जस्ता सामग्रीजोरजाम गरी सुर्य उपासनागर्दै विधिपुर्वक व्रत बसिन्छ।
व्रतालुहरु पूर्ण श्रद्धा र भक्तिले भगवान् जितमहानको पूजा गर्दै दिनभर नाचगान र रमाइलो गर्छन्। पर्वको अन्तमा तेस्रो दिन बिहानै स्नान गरेर सुर्यलाई अर्घ दिँदै घिरौलाको पातमाफूल, दही, च्युरा र सख्खर चढाएर पाँचपाँच वटा चामल र केराउको दानासँगै निल्ने गरिन्छ। यी पवित्र सामग्रीलाई पछि प्रसादको रुपमा घरका सबै सदस्यलाई बाडिन्छ। यो पर्वले महान् चाडँ दसैँको आगमनको संकेतसँगै एक अर्काको संस्कृति र परम्परालाई सम्मान गर्दै आजको आधुनिक महिला पनि जितिया पर्वमा छमछमी नाच्दै आफ्नो संस्कृति र परम्परालाई जिवन्त राखून्।
gitachaudhary78@yahoo.com
Facebook Comment